२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारकै कर नीतिका कारण उद्योग धन्दा सञ्चालन नभई आयात बढ्यो: उद्योगी चौधरी



अ+ अ-

काठमाडौं । उद्योगी विनोद चौधरीले केन्द्रदेखि स्थानीय तहसम्मका सरकारलाई डोजर र व्यक्तिगत सवारी साधन किन्नका लागि उद्योगी व्यापारीलाई चर्को कर लगाएर धराशायी बनाएको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद चौधरीले सरकारको साधारण खर्च चलाउन उद्योगी ब्यापारीसँग चर्को राजस्व असुल गर्ने र उद्योग ब्यापार धरासायी बनाइएको उनले आरोप लगाएका हुन् ।

मुलुकका केन्द्रदेखि स्थानीय तहसम्मका ७ सय ६१ सरकारलाई धेरै पैसा चाहिएको र अर्थमन्त्रीलाई पैसा पुर्‍याउन नयाँ नयाँ करको क्षेत्र खोज्नुपर्ने बाध्यता रहेको भन्दै उनले तर करलाई उत्पादनसँग जोड्न र ब्यापारलाई प्रतिस्पर्धी बनाउन सरकारले ध्यान नदिएको बताएका हुन् ।

उनले सरकारकै कर नीतिका कारण अहिले देशमा उद्योग धन्दा सञ्चालन हुन नसकेर आयात बढेको बताए ।