२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
अ अ+ अ-

नुवाकोट । भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका बाढीपीडित परिवारलाई पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको समूहले राहत सामग्री वितरण गरेको छ ।

नुवाकोटको विदुर नगरपालिका–१० स्थित सुन्दरी केउरेनी माध्यमिक विद्यालय, गेर्खुटारमा आयोजित कार्यक्रममा रसुवा तथा नुवाकोटअन्तर्गत बेत्रावती, ढुंगे, त्रिशूली र भैँसे क्षेत्रका करिब ७० घरपरिवारलाई स्लिपिङ ब्याग र ज्याकेट वितरण गरिएको हो । त्यस्तै, विदुर नगरपालिका महामण्डलमा रसुवाबाट आएका करिब  १०० घरपरिवारलाई ज्याकेट वितरण गरिएको थियो ।

राहत वितरणसँगै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले बाढी प्रभावित त्रिशूली, बटार र देवीघाट क्षेत्रको स्थलगत अवलोकनसमेत गर्नुभएको थियो ।

अवलोकनपछि आयोजित कार्यक्रममा श्रेष्ठले भोटेकोशी बाढीबाट भएको क्षति इतिहासमै कल्पना नगरेको स्तरको रहेको बताउनु भयो । उहाँले यसलाई ठूलो संकट र भविष्यका लागि गम्भीर चेतावनीका रूपमा लिनुपर्ने उल्लेख गरे । “यो हाम्रो आफ्नै कारणले भएको हो भन्न मिल्दैन । विकसित देशहरूले गरेको विकासका नकारात्मक परिणामस्वरूप हामीले वातावरणीय तथा जलवायु अन्याय भोग्नुपरेको छ,” श्रेष्ठले भन्नुभयो । उहाँले जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नुपर्ने धारणा राखे ।

श्रेष्ठले प्रभावित नागरिकको पुनर्स्थापना, पुनर्वास र पुनर्जीवनका लागि राज्यले दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिनुभयो। घरबारविहीन तथा परिवारका सदस्य गुमाएका वा बेपत्ता भएका नागरिकका लागि तत्काल राहतसँगै स्थायी पुनर्वास, जग्गा, घर र शिक्षाको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

देवीघाट क्षेत्रमा बाढीले निम्त्याएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै श्रेष्ठले त्यहाँको जमिन दलदलमा परिणत भएको र तत्कालका लागि समेत जोखिम कायम रहेको बताउनुभयो । अहिले स्थानीयवासीले स्वत:स्फूर्त रूपमा खानेपानी, खाद्यान्न र अस्थायी बसोबासको व्यवस्था गरिरहेको भए पनि यस्तो सहयोग दीर्घकालीन समाधान नभएको उहाँले बताए ।

उहाँले प्रभावित समुदायको सहभागितासहित सरकारले तत्कालै दिगो पुनर्स्थापनाको स्पष्ट योजना ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा समाजसेवी कृष्णमान प्रधान, पूर्णलाल श्रेष्ठ, रवि केसी, घनश्याम खड्का र सुवर्ण श्रेष्ठले समेत सहकार्य गर्नुभएको थियो । उनीहरूले बाढीपीडितका लागि महिला र पुरुषका लागि छुट्टाछुट्टै अस्थायी टहरा निर्माण गरी व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने तथा स्थानीय स्तरमा पुन:बसोबासका लागि जग्गा र घर निर्माण गर्न संघीय सरकारले आवश्यक आर्थिक स्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।