२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्विटरमा नग्न तस्बिर रोक्ने प्रविधि परीक्षण गरिँदै



अ+ अ-

काठमाडौं । ट्विटरको व्यक्तिगत सन्देशमा पठाइएका पुरुष गुप्ताङ्को तस्बिर चिनेर मेट्न सक्ने प्रविधि अमेरिकाको सिएटलमा विकास भइरहेको छ। सफ्टवेअर विकासकर्ता केल्से ब्रेस्लरलाई एक पुरुषले नाङ्गो तस्बिर पठाएपछि सो परियोजना सुरु भएको बताइएको छ।

अहिले उनी आर्टफिशल इन्टेलिजन्स प्रयोग गरेर एकजना साथीलाई लिङ्गका तस्बिर पत्ता लगाउने र मेट्ने प्रविधि विकास गर्न सघाइरहेकी छन्।प्रारम्भिक परीक्षणमा लिङ्गमाथि अरू केही सामान राखेका तस्बिरहरू पत्ता लागेको छैन।

तर ब्रेस्लर भन्छिन्– ‘यो सफ्टवेअरको ठूलो सफलता हो र यसले धेरै नाङ्गा तस्बिर पत्ता लगाएको छ।’यो समस्या दैनिकजसो समाचारमा आएको छ तर ट्विटरले यसलाई समाधान गर्न चासो देखाएको छैन।

ब्रेस्लर भन्छिन् –’यदि हामीले यो प्रविधि केही दिनमा निर्माण गर्न सक्छौँ भने मलाई थाहा छैन प्रविधि कम्पनीहरू यत्रो समय के गरेर बसेका छन्।’ब्रेस्लरले आफ्नो टोलीले यो सफ्टवेअरको काम सकेपछि ट्विटरलाई दिन पनि सकिने बताएकी छन्।