१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्विटरमा नग्न तस्बिर रोक्ने प्रविधि परीक्षण गरिँदै



अ+ अ-

काठमाडौं । ट्विटरको व्यक्तिगत सन्देशमा पठाइएका पुरुष गुप्ताङ्को तस्बिर चिनेर मेट्न सक्ने प्रविधि अमेरिकाको सिएटलमा विकास भइरहेको छ। सफ्टवेअर विकासकर्ता केल्से ब्रेस्लरलाई एक पुरुषले नाङ्गो तस्बिर पठाएपछि सो परियोजना सुरु भएको बताइएको छ।

अहिले उनी आर्टफिशल इन्टेलिजन्स प्रयोग गरेर एकजना साथीलाई लिङ्गका तस्बिर पत्ता लगाउने र मेट्ने प्रविधि विकास गर्न सघाइरहेकी छन्।प्रारम्भिक परीक्षणमा लिङ्गमाथि अरू केही सामान राखेका तस्बिरहरू पत्ता लागेको छैन।

तर ब्रेस्लर भन्छिन्– ‘यो सफ्टवेअरको ठूलो सफलता हो र यसले धेरै नाङ्गा तस्बिर पत्ता लगाएको छ।’यो समस्या दैनिकजसो समाचारमा आएको छ तर ट्विटरले यसलाई समाधान गर्न चासो देखाएको छैन।

ब्रेस्लर भन्छिन् –’यदि हामीले यो प्रविधि केही दिनमा निर्माण गर्न सक्छौँ भने मलाई थाहा छैन प्रविधि कम्पनीहरू यत्रो समय के गरेर बसेका छन्।’ब्रेस्लरले आफ्नो टोलीले यो सफ्टवेअरको काम सकेपछि ट्विटरलाई दिन पनि सकिने बताएकी छन्।