२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता स्थगित गरेपछि तालिवान आक्रोसित



अ+ अ-
file photo

काठमाडौं । आइतबारका लागि तय वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थगित गरेपछि तालिवानले आफ्नो कारणले वार्ता रद्द नभएको जिकिर गरेको छ ।

वार्ता प्रक्रिया सकारात्मक दिशातर्फ अघि बढिरहे पनि अन्तिममा आएर ट्रम्पले रद्द गरेको उसको आरोप छ ।वार्ता प्रक्रिया रद्दपछि एक विज्ञप्ति जारी गर्दै उसले यसबाट अमेरिकालाई बढी नोक्सानी पर्ने चेतावनी दिएको छ ।

तालिवानले काबुल आक्रमणको जिम्मा लिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता स्थगित गरिदिएका थिए । ट्रम्पको लगातारको ट्विटपछि वार्ताको सम्भावना सकिएको ठानिए पनि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले सम्भावना अझै जीवित रहेको बताएका छन् ।