१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता स्थगित गरेपछि तालिवान आक्रोसित



अ+ अ-
file photo

काठमाडौं । आइतबारका लागि तय वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थगित गरेपछि तालिवानले आफ्नो कारणले वार्ता रद्द नभएको जिकिर गरेको छ ।

वार्ता प्रक्रिया सकारात्मक दिशातर्फ अघि बढिरहे पनि अन्तिममा आएर ट्रम्पले रद्द गरेको उसको आरोप छ ।वार्ता प्रक्रिया रद्दपछि एक विज्ञप्ति जारी गर्दै उसले यसबाट अमेरिकालाई बढी नोक्सानी पर्ने चेतावनी दिएको छ ।

तालिवानले काबुल आक्रमणको जिम्मा लिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता स्थगित गरिदिएका थिए । ट्रम्पको लगातारको ट्विटपछि वार्ताको सम्भावना सकिएको ठानिए पनि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले सम्भावना अझै जीवित रहेको बताएका छन् ।