३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुथी विद्रोहीद्वारा यमनमा नयाँ क्षेत्र कब्जा गर्ने प्रयास



अ+ अ-

आदेन । यमनका हुथी विद्रोहीहरुले यहाँको एक नयाँ क्षेत्र कब्जा गर्ने प्रयास गरेका छन् । उनीहरुले सरकारी सुरक्षा निकायबाट सो क्षेत्र कब्जा गर्ने प्रयास थालेका बताइएको हो । यमनका विद्रोहीहरुले यमनको उत्तरपूर्वी क्षेत्रमा रहेको सो अल जबाफ नामको शहर कब्जा गर्ने प्रयास गरेका हुन् । उनीहरुले सो क्षेत्र कब्जा गर्नका लागि शनिबार रातिदेखि नै निकै प्रयास थालेका थिए ।

उनीहरुले निकै नै शक्तिशाली हतियारबाट सो शहरमा आक्रमण गरेका बताइएको छ । अल जबाफ प्रान्तामा रहेको अल जबाफ शहर उनीहरुले कब्जा गर्न थालेका हुन् । उनीहरुले सो क्षेत्र निकै रणनीतिक रुपमा महत्वको रहेकाले आक्रमण थालेका र आफ्नो बनाउन खोजेका बताइएको छ । सो शहर साउदी अरेबियाको सीमा क्षेत्रमा पर्दछ । यहाँ हुथीहरुले अधिकांश क्षेत्रहरु कब्जामा लिइसकेका सैनिक स्रोतले जनाएको छ ।

सैनिक स्रोतकाअनुसार सो क्षेत्रका अधिकांश क्षेत्र कब्जामा लिइएको र त्यहाँबाट सुरक्षाकर्मीहरु पनि भागेर अन्यत्रै पुगेका पनि बताइएको छ । आफ्नो नाम बताउन नचाहने एकजना सैनिक अधिकारीले भने सो शहरका अधिकांश भागमा हुथीहरुले कब्जा जमाइसकेका छन् । अहिले यहाँको सेनाले साउदी अरेबयाको सहयोग रहेको छ । यहाँको सेना साउदी अरेबियाको सेनाले नेतृत्व गरेर विभिन्न हवाई कारबाही गर्ने गरेको छ ।

यसरी हुथीहरुका विरुद्धमा गर्ने गरिएको कारबाहीमा परेर कैयौँ हुथीहरुको ज्यान जाने गरेको छ । तर यो पछिल्लो आक्रमण भने हुथी विद्रोहीहरुले साउदी अरेबियाको सीमा क्षेत्रमा नै पुगेर गरेका बताइएको छ । (रासस-सिन्ह्वा)