२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु



अ+ अ-

काठमाडौँ भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डमा एक निर्माणाधीन सुरुङ भत्किँदा त्यहाँ कार्यरत कम्तीमा सात जना कामदारको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले उक्त घटनाको पुष्टि गरेका हुन् । उत्तराखण्डको चमोली जिल्लास्थित पीपलकोटी क्षेत्रमा बिहीवार अबेर राति यो दुर्घटना भएको हो ।

सुरुङभित्र करिब २५ जना कामदार काम गरिरहेका बेला अचानक पानीको बहावसँगै आएको लेदो र भग्नावशेषले उनीहरूलाई थुनेको थियो ।

दुर्घटना लगत्तै शुरु गरिएको उद्धार कार्यका क्रममा १६ जना कामदारलाई जीवितै बाहिर निकालिएको छ भने सात जनाको शव फेला परेको स्थानीय प्रशासनले जनाएको छ ।

उक्त सुरुङ भारत सरकारको स्वामित्वमा रहेको टीएचडीसी इण्डिया लिमिटेडले निर्माण गरिरहेको थियो । सुरुङभित्र फसेका अन्यको खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल