११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
अ अ+ अ-

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको विपद्बाट प्रभावितको खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउन सम्बद्ध सबैपक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालमार्फत जोखिममा रहेका बस्ती तथा परिवारको पहिचान गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न र विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।

उहाँले हालैका दिनमा रोल्पा, बाजुरा, जाजरकोट, कास्की, पर्वतलगायत जिल्लामा अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा डुबानका कारण ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

बाढी, पहिरो, डुबान तथा नदी कटानको जोखिम कायमै रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले बदलिँदो जलवायु र मौसमजन्य जोखिमलाई ध्यानमा राखी पूर्वतयारी र जोखिम न्यूनीकरणका उपायलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

मौसम तथा विपद्सम्बन्धी सूचना र पूर्वसूचनाप्रति चनाखो रहन, जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न, नदी तथा खोलानालाको किनारबाट टाढा रहन र सम्भावित जोखिमबाट आफू, आफ्नो परिवार तथा समुदायलाई सुरक्षित राख्न आवश्यक पूर्वतयारी गर्न उहाँले आमनागरिकमा आह्वान गर्नुभएको छ ।

“प्राकृतिक विपद् पूर्णतः रोक्न नसकिए पनि समयमै गरिएको पूर्वतयारी, सही सूचना, सतर्कता र प्रभावकारी उद्धार तथा राहत व्यवस्थापनबाट यसको मानवीय क्षति धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । यसका लागि सरकार, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज र आमनागरिक सबैको सहकार्य आवश्यक छ”, पूर्वराष्ट्रपतिले भन्नुभएको छ । रासस