११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी

काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी
अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता उमाकान्त चौधरीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, न्याय र त्यागको भावनालाई व्यवहारमा उतार्न व्यापक रूपान्तरण र सुदृढीकरण अभियान आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा पार्टीको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावादभन्दा माथि उठेर विधि, पद्धति र योग्यताका आधारमा पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता चौधरीले पार्टीको गौरवमय इतिहास र वर्तमान सांगठनिक यथार्थबीच ठुलो खाडल देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । केन्द्रदेखि वडा तहसम्म पार्टी संगठन गुटबन्दी, भागबण्डा र आन्तरिक द्वन्द्वमा फसेको उल्लेख गर्नुभयो ।

नेता चौधरीले गत वर्षको भदौ २३ र २४ गते राजधानीमा भएका घटनाहरूको आलोचना गर्नुभयो । सुशासन र भ्रष्टाचारविरुद्ध नयाँ पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनलाई केही तत्वहरूले भड्काएर हिंसात्मक बनाएको उहाँको दाबी छ । सो क्रममा भदौ २४ गते पार्टी तत्कालीन सभापति शेरबहादुर देउवा र डा. आरजु राणा देउवामाथि भएको भौतिक आक्रमण तथा पार्टीका ४८ वटा कार्यालयहरूमा गरिएको तोडफोड र आगजनीलाई उहाँले ‘देशघाती र सुनियोजित षड्यन्त्र’ को संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीभित्रका जायज असन्तुष्टि र फरक धारणाहरू नै नेपाली काँग्रेसलाई जीवन्त राख्ने ऊर्जा हुन् । त्यसैले गुटबन्दी र नातावादभन्दा माथि उठेर विधि, पद्धति, योग्यता र क्षमताका आधारमा पार्टी सञ्चालन गर्नुपर्छ । नेताहरूको आदर्शलाई स्मरण गरेर मात्र पुग्दैन; उहाँहरूले सिकाउनुभएको आन्तरिक लोकतन्त्र, न्याय र त्यागको भावनालाई व्यवहारमा उतार्दै पार्टीभित्र व्यापक रूपान्तरण र सुदृढीकरण अभियान आजैदेखि शुरु गर्नु आवश्यक छ । पार्टीको वृहत्तर एकतालाई व्यवहारमा संस्थागत गर्दै एकढिक्का भएर अघि बढ्नु नै यस भेलाको मुख्य उद्देश्य हो । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संविधानको रक्षा गर्दै संकटमा रहेको नेपाली कांग्रेसलाई एकढिक्का बनाउनु आजको प्रमुख आवश्यकता हो । कुनैपनि राजनीतिक दलको जीवन्तता उसको आदर्श, सिद्धान्त र विचारलाई जनतासम्म पु¥याउने गतिशील संगठनमा निर्भर हुन्छ । काँग्रेसले स्थापना कालदेखि नै विचार र संगठनको बलमा मुलुकका राजनीतिक आन्दोलनको नेतृत्व गर्दै आएको छ । तर अहिले पार्टीको गौरवमय विरासत र वर्तमान सांगठनिक अवस्थाबीच ठूलो खाडल देखिएको छ । केन्द्रदेखि वडा तहसम्म गुटबन्दी, भागबन्डा, तदर्थवाद र आन्तरिक द्वन्द्व देखिनु चिन्ताको विषय हो ।’

उहाँले वीपी कोईराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता ऐतिहासिक नेताहरूको निवास तथा सालिकहरूमाथि गरिएको तोडफोडलाई लोकतन्त्रमाथिको प्रहार र काँग्रेसको इतिहास मेटाउने दुष्प्रयास भएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल