११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन

ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन
अ अ+ अ-

काठमाडौं। ललितपुर महानगरपालिकाले ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गरेको छ ।

महानगरले लगनखेल वातावरण संरक्षण समितिसँगको सहकार्यमा पुनर्निर्माण गरिएको पार्कसहितको सप्तापाताल पोखरीको शनिवार एक विशेष कार्यक्रमको आयोजना गरी उद्घाटन गरेको हो । पोखरीको महानगरका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य लगायतले संयुक्त रूपमा गरेका हुन् ।

महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठका अनुसार यस परियोजनाको कुल क्षेत्रफल भने १३ रोपनी ६ आना २ पैसा ३ दाम रहेको छ । उक्त परियोजना करिब ४ करोड ७२ लाख रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको हो । ६.७१ रोपनी क्षेत्रफल रहेको पोखरीको पानी धारण क्षमता करिब १९ लाख लिटर रहेको श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पोखरी वरिपरि करिब दुई मिटर चौडा पैदल मार्ग, घाँसे मैदान र फूलबारी निर्माण गरिएको छ । सार्वजनिक तथा परम्परागत उपयोगका लागि सात बे को एउटा र तीन बे का दुईवटा गरी तीन वटा फल्चा निर्माण गरिएको उनले जानकारी दिए । सुरक्षाका लागि बत्ती जडान गरिएको छ । चराचुरुङ्गी तथा अन्य जैविक प्रणालीमा असर नपरोस् भनेर कम प्रकाश दिने बत्ती प्रयोग गरिएको उनले जानकारी दिए ।

सप्तपाताल पोखरीलाई छेउमै रहेको पलेस्वा पोखरीसँग जोड्न पैदल यात्री पुलसमेत निर्माण गरिएको छ । उनकाअनुसार पोखरी प्रवेशका लागि पश्चिमतर्फ एक तथा पूर्वतर्फ दुई गरी तीनवटा सिँढी बनाइएको छ । पुनर्निर्माणका क्रममा परिसरमा रहेको पुरानो रूख संरक्षण गर्न मूल डिजाइनसमेत परिवर्तन गरिएको श्रेष्ठले जानकारी दिए ।

महानगरपालिकाले पोखरीमा नियमित पानी आपूर्ति सुनिश्चित गर्न पुरानो राजकुलो प्रणाली पुनर्जीवित गर्ने काम अघि बढाएको छ । यसका लागि गोदावरी नगरपालिकासँग सहकार्य भइरहेको उनले जानकारी दिए । नल्लु–टीकाभैरवदेखि सप्तपातालसम्मको करिब १४।२ किलोमिटर राजकुलो प्रणालीलाई चरणबद्ध रूपमा पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाई छ ।

राजकुलो प्रणाली पुनर्जीवित भएपछि सप्तपाताल पोखरीमा परम्परागत प्रणालीअनुसार पानी ल्याउन सहज हुने उनले बताए । पुनर्निर्माण गरिएको पोखरीलाई दीर्घकालीन रूपमा संरक्षण र सञ्चालन गर्न पानीको स्रोत पुनःस्थापना कार्यलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

लिच्छविकालदेखि अस्तित्वमा रहेको सप्तपाताल पोखरी पाटनको परम्परागत जल व्यवस्थापन प्रणालीको महत्वपूर्ण हिस्सा थियो । चक्रपथ निर्माण तथा विस्तारसँगै नल्लु–टीका भैरव क्षेत्रबाट सप्तपातालसम्म पानी ल्याउने करिब १४.२ किलोमिटर लामो परम्परागत राजकुलो प्रणालीका विभिन्न खण्डमा अवरोध भएपछि पोखरीमा पानीको आपूर्ति घट्दै गएको थियो ।

पानीको स्रोत सुक्दै गएपछि पोखरी चौरमा परिणत भएको र अतिक्रमणमा परेको श्रेष्ठको भनाई छ । पोखरी संरक्षणका लागि स्थानीयवासी र लगनखेल वातावरण सुधार संस्थाले लामो समयदेखि पहल गर्दै आएका थिए ।

संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय पूर्ण स्थापितको नेतृत्वमा भएको संरक्षण अभियानपछि सर्वोच्च अदालतले पोखरीकै नाममा जग्गाको लालपुर्जा कायम रहने गरी फैसला गरेको श्रेष्ठले जानकारी दिए । जग्गा पोखरीको नाममा कायम भएपछि महानगरपालिकाले पुनर्निर्माण अघि बढाएको उनको भनाई छ । –न्युज एजेन्सी नेपाल