८ भाद्र २०८३, सोमबार
,
Latest
सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस खुला केन्द्रीय सदस्यमा देउवाकै वर्चस्व, ३५ मध्ये २५ देउवा प्यानलका



फाईल फोटो
अ+ अ-

कांग्रेसको खुलातर्फको ३५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सभापति शेरबहादुर देउवा समूहले वर्चस्व बनाएको छ । ३५ मध्ये २५ केन्द्रीय सदस्य देउवा समूहबाट विजयी भएका छन् । ३५ सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा थिए । डा. शेखर कोइराला समूहबाट खुलातर्फ नौ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । 

निर्वाचनमा देउवा समूहबाट एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, मोहनबहादुर बस्नेत, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा. गोपाल दहित र मोहन आचार्य विजयी भएका छन् । 

त्यसैगरी, कोइराला समूहका अर्जुननरसिंह केसी, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडू, बलबहादुर केसी, दीपक गिरी, डा. गोविन्दराज पोखरेल, सञ्जयकुमार गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन् । यसअघि १३ सदस्यीय पदाधिकारीमा पनि देउवा समूहबाट सभापतिसहित सात पदाधिकारी निर्वाचित भइसकेका छन् । 

शशांकको सबैभन्दा बढी मत 

केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना)को मतगणनामा निवर्तमान महामन्त्री शशांक कोइरालाले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । कोइरालाले सर्वाधिक तीन हजार आठ सय ३६ मत प्राप्त गरेका छन् । सभापतिका उम्मेदवार बनेका विमलेन्द्र निधिबाहेकका तीन प्यानलले निवर्तमान महामन्त्री शशांक कोइरालालाई आफ्नो समूहको केन्द्रीय सदस्यको उम्मेदवारको रूपमा प्रचार गरेका थिए । तर, कोइरालाले भने आफू कुनै पनि समूहमा नरहेको र स्वतन्त्र उम्मेदवार भएको बताएका थिए । 

केन्द्रीय सदस्यमा १६ नयाँ अनुहार 

उदयशमशेर राणा, मदनबहादुर अमात्य, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, राजीव ढुंगाना, अजयबाबु सिवाकोटी, कुन्दनराज काफ्ले, गुरु बराल, सञ्जय गौतम, डा. गोविन्दराज पोखरेल, दिनेश कोइराला, उमेशजंग रायमाझी, कृष्णकिशोर घिमिरे, मोहन आचार्य र गणेश लामा पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । 

खुलातर्फ महिलाको संख्या शून्य 

केन्द्रीय सदस्यतर्फ एकजना महिला पनि आएनन् । ९९ जनामा शारदा पौडेल एक मात्र महिला उम्मेदवार थिइन् । तर, पौडेल पराजित भइन् ।

(नयाँपत्रिका दैनिकमा समाचार छ)




भर्खरै