काठमाडौं । ३२औँ विश्व आदिवासी दिवस–२०८३ को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद् सचिवालय मूल आयोजक समितिको आयोजनामा आइतबार काठमाडौंमा भव्य सांस्कृतिक झाँकी निकालिएको छ।
विभिन्न आदिवासी जनजाति समुदायको मौलिक संस्कृति, भेषभूषा, कला, बाजागाजा र पहिचान झल्काउने झाँकीमा ठूलो संख्यामा सहभागी सहभागी भएका छन्। झाँकीमा सहभागीहरूले आफ्ना मौलिक संस्कृति र परम्परालाई प्रदर्शन गरेका छन्।
झाँकी भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सहिदगेट र सुन्धारा हुँदै खुलामञ्चमा पुग्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
विश्व आदिवासी दिवस हरेक वर्ष अगस्ट ९ मा मनाइन्छ। नेपालमा यस अवसरमा आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति, अधिकार, सामाजिक न्याय र समावेशी सहभागिताका विषयलाई प्राथमिकताका साथ उठाइँदै आएको छ।



तस्बिर: हरिराम भेटुवाल/रासस











