२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फूलमा रस चुस्दै सिपराज बुङ्गेचरा



अ+ अ-

पोखरा । पोखरा महानगरपालिका–१४, गोर्खाभिलेजस्थित सेतीदोभानमा फूलमा बसेको सिपराज बुङ्गेचरा क्यामेरामा कैद भएको छ।

सानो आकारको सिपराज बुङ्गेचरा अत्यन्तै आकर्षक रङ तथा सुन्दर स्वरूपका कारण सहजै ध्यान खिच्ने चरा हो। यो चराले मुख्यतः फूलको रस चुसेर आहार लिने गर्छ।

फूलमा बसेर रस चुसिरहेको अवस्थामा देखिएको यसको आकर्षक दृश्यले सेतीदोभानको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएको छ। पोखरा आसपासका हरियाली तथा प्राकृतिक क्षेत्रमा यस्ता सुन्दर चराहरूको उपस्थिति जैविक विविधताको महत्वपूर्ण पक्षका रूपमा समेत लिइन्छ।

तस्बिर : राधिका कँडेल / रासस