६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्रिकेको दिवंगत छोरीमा स्वारेजको गोल समर्पित



अ+ अ-

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेजले ला लिगा अन्तर्गत भ्यालेन्सियाविरुद्ध गरेको गोल पूर्व प्रशिक्षक लुइस इन्रिकेको दिवंगत छोरी साना मार्टिनेजलाई समर्पित गरेका छन् ।

शनिबार राति बार्सिलोनाले भ्यालेन्सियालाई ५–२ ले पराजित गर्दै खेलाडी स्वारेजले २ गोल गरेका थिए ।

र, उक्त गोल स्वारेजले पूर्व प्रशिक्षक लुइस इन्रिकेको दिवंगत छोरी साना मार्टिनेजलाई समर्पित गरेका हुन् । साना मार्टिनेजको ९ वर्षको उमेरमा क्यान्सरका कारण दुई साताअघि असामयिक नि’धन भएको थियो । मार्टिनेज पछिल्लो पाँच महिनाबाट हड्डीको क्यान्सरबाट पीडित रहेकी थिइन् ।