२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्रिकेको दिवंगत छोरीमा स्वारेजको गोल समर्पित



अ+ अ-

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेजले ला लिगा अन्तर्गत भ्यालेन्सियाविरुद्ध गरेको गोल पूर्व प्रशिक्षक लुइस इन्रिकेको दिवंगत छोरी साना मार्टिनेजलाई समर्पित गरेका छन् ।

शनिबार राति बार्सिलोनाले भ्यालेन्सियालाई ५–२ ले पराजित गर्दै खेलाडी स्वारेजले २ गोल गरेका थिए ।

र, उक्त गोल स्वारेजले पूर्व प्रशिक्षक लुइस इन्रिकेको दिवंगत छोरी साना मार्टिनेजलाई समर्पित गरेका हुन् । साना मार्टिनेजको ९ वर्षको उमेरमा क्यान्सरका कारण दुई साताअघि असामयिक नि’धन भएको थियो । मार्टिनेज पछिल्लो पाँच महिनाबाट हड्डीको क्यान्सरबाट पीडित रहेकी थिइन् ।