काठमाडौँ। चीनले बुधवार पूर्वी सान्दोङ प्रान्तको समुन्द्री क्षेत्रबाट स्मार्ट ड्रयागन–३ रकेटमार्फत दुईवटा उपग्रहको सफल प्रक्षेपण गरेको छ ।
यस प्रक्षेपणमार्फत ओरिएन्टल स्मार्ट आई हाइपरस्पेक्ट्रल उपग्रह ०१ र ०२ लाई सफलतापूर्वक तिनीहरूको निर्धारित कक्षमा स्थापित गरिएको छ ।
बेइजिङ समयअनुसार बुधवार बिहान १०ः३८ बजे हाइयाङ शहर नजिकैको समुन्द्री क्षेत्रबाट उक्त रकेट प्रक्षेपण गरिएको थियो ।
ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रले यस अपतटीय प्रक्षेपण अभियानको व्यवस्थापन तथा सञ्चालन गरेको हो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल











