११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरी श्रीमती संघको वार्षिकोत्सवमा रक्तदान र वृक्षारोपण



अ+ अ-

काठमाडाैँ । नेपाल प्रहरी श्रीमती संघ, मधेस प्रदेशले आफ्नो ४२ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान, वृक्षारोपण तथा फलफूल वितरण कार्यक्रम आयोजना गरेको छ ।

संघले विहीवार नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा जनकपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । यस्तै वातावरण संरक्षणका लागि वृक्षारोपण तथा बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै फलफूल समेत वितरण गरिएको छ ।

कार्यक्रममा मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ओमप्रसाद अधिकारीले प्रहरी जवानहरू २४ सै घण्टा फिल्डमा खटिने भएकाले उनीहरूको मनोबल बढाउन नेपाल प्रहरी श्रीमती संघले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले संघले विभिन्न सामाजिक सेवामूलक तथा मानवीय कार्य पनि सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।

नेपाल प्रहरी श्रीमती संघ, मधेस प्रदेशकी अध्यक्ष मनिषा उप्रेतीले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन संघले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । सोही अनुरुप वार्षिकोत्सवको अवसरमा रक्तदान, वृक्षारोपण तथा फलफूल वितरण कार्यक्रम आयोजना गरिएको उहँको भनाई छ ।
संघले आगामी दिनमा पनि समुदायसँगको सहकार्य र सम्बन्धलाई थप प्रभावकारी बनाउन काम गर्ने जनाएको छ