१९ श्रावण २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका सिइयोसँग छलफल गर्दै जलवायु नीति संशोधनमा युवाको प्रत्यक्ष सहभागिता र छुट्टै वित्तीय कोषको माग मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालन सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना सिजन मिडियाद्वारा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ आयोजना हुने मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, एकतर्फी आवागमन अवरुद्ध राजनीतिक बिटका पत्रकारसँग शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले अन्तरक्रिया गर्दै सरकारको प्राथमिकता अन्यत्रै, राज्य आतंकको अवस्था सिर्जना भयो : विष्णु रिजाल युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न जिल्ला प्रशासन कार्यालय कास्कीकाे आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्मोज जलसन्धीमा सुरक्षित ढुवानीका लागि इरान र ओमानबीच अस्थायी मार्गबारे छलफल



अ+ अ-

काठमाडौँ। हर्मोज जलसन्धीमा जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न इरान र ओमानबीच एक अस्थायी मार्ग निर्धारण गर्ने विषयमा वार्ता भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सोमवार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा ओमान र इरानबीच यससहितका विभिन्न प्राविधिक पक्षमा छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार ओमानको जलक्षेत्रबाट जाने दक्षिणी मार्ग र इरानको क्षेत्रीय जलक्षेत्रबाट जाने उत्तरी मार्गलाई एउटा साझा मध्यवर्ती मार्गका रूपमा विकास गर्ने अवधारणामा वार्ता केन्द्रित छ ।

प्रवक्ता बाघेईले यो मार्ग दुई वा तीनवटा अलग मार्ग नभई राउण्ड–ट्रिप कोरिडोर हुने र स्थायी मार्गको टुङ्गो नलागेसम्म यसलाई अस्थायी रूपमा प्रयोग गरिने स्पष्ट पार्नुभयो ।

जलमार्गमा देखिएको असहजता इरान र ओमानबीचको समस्या नभई इरानविरुद्ध अमेरिका र इजरायलको सैनिक आक्रामकताको परिणाम भएको बाघेईको दाबी छ । उनले अमेरिकाले आफ्ना दुर्भावनापूर्ण गतिविधिहरू बन्द नगरेसम्म जलसङ्धिको अवस्थामा परिवर्तन नआउने चेतावनी समेत दिनुभयो ।

यसैगरी, इरानी विदेशमन्त्री सैयद अब्बास अराक्चीले आईतवार तेहरानमा आयोजित मन्त्रिपरिषद् बैठकमा ओमानसँगको वार्ता अन्तिम चरणमा पुगेको बताउनुभएको थियो । आधिकारिक समाचार एजेन्सी इर्नाकाअनुसार इरान यो सम्झौतामार्फत क्षेत्रीय ढुवानीलाई थप व्यवस्थित बनाउन चाहन्छ ।

पत्रकार सम्मेलनकै क्रममा बाघेईले इरानी जहाजमाथि भएको आक्रमणका लागि युक्रेनलाई जवाफदेही बनाउन इरानले आवश्यक कदम चाल्ने बताउनु भयो । गत जुलाई २५ मा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले क्यास्पियन सागरमा इरानसँग सम्बन्धित सैन्य सामग्री ढुवानी गर्ने जहाजहरूमा आफ्ना सेनाले आक्रमण गरेको दाबी गर्नुभएको थियो ।

इरानी भूमिमा अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेपछि, गत फेब्रुअरी २८ देखि इरानले हर्मोज जलसङ्धिमा इजरायल र अमेरिकासँग आवद्ध जहाजहरूको आवतजावतमा रोक लगाउँदै निगरानी कडा पारेको छ

। यसैबीच, अमेरिकी सेनाले व्यापारिक ढुवानीमा इरानी खतरा कम गर्ने भन्दै इरानी सैन्य लक्ष्यहरूमा श्रृङ्खलावद्ध आक्रमण गरेको छ भने इरानले पनि यस क्षेत्रका अमेरिकी सैन्य आधारहरूमा मिसाइल र ड्रोनमार्फत जवाफी प्रहार गर्दै आएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल