१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाक्लो कुहिरोका कारण टर्कीको बोस्फोरस जलमार्गमा जहाज आवतजावत बन्द



अ+ अ-

काठमाडौँ। टर्कीको इस्तानबुलस्थित महत्वपूर्ण समुद्री मार्ग बोस्फोरस जलमार्गमा सोमवार बाक्लो कुहिरोका कारण जहाजहरूको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार प्रतिकूल मौसमका कारण दृश्यता अत्यन्त न्युन भएपछि सुरक्षालाई ध्यानमा राख्दै यो कदम चालिएको हो ।

टर्कीको तटीय सुरक्षा महानिर्देशनालयले दिएको जानकारीअनुसार स्थानीय समयअनुसार सोमवार बिहान ४ बजेदेखि जलमार्गमा दुईतर्फी यातायात स्थगित गरिएको हो ।

कृष्ण सागर र मारमरा सागरलाई जोड्ने यस रणनीतिक जलमार्गमा कुहिरोका कारण केही मिटर मात्रै देखिने अवस्था रहेकाले जहाज सञ्चालन जोखिमपूर्ण बनेको बताइएको छ ।

कृष्ण सागरलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने यो जलमार्ग विश्वकै व्यस्त र महत्वपूर्ण ढुवानी मार्गहरूमध्ये एक मानिन्छ । बाक्लो कुहिरोको प्रत्यक्ष असर इस्तानबुलका युरोपेली र एशियाली भागहरू जोड्ने फेरि सेवामा समेत परेको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि यात्रु र सवारी साधन ओसारपसार गर्ने फेरि सेवाहरू पनि पूर्ण रूपमा बन्द गरिएको अधिकारीहरूले बताएका छन् ।

मौसमविद्हरूका अनुसार समुन्द्री सतहको तापक्रममा अचानक आएको गिरावटले गर्दा यो बाक्लो कुहिरो उत्पन्न भएको हो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल