१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमै स्तब्ध



अ+ अ-

काठमाडौं । साविक विजेता लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमै स्तब्ध बनेको छ । मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुलले ईटालियन क्लब नापोलीसंग २–० गोल अन्तरको हार बेहोर्नु पर्यो ।

लिभरपुलले च्याम्पियन्स लिगमा नापोलीको घरेलु मैदानमा अन्तिम ८ मिनेटमा दुई गोल खाँदै खराब सुरुवात गरेको हो । समुह ई अन्तर्गतको खेलमा मार्टिनेज र लोरेन्टीले लिभरपुललाई स्तब्ध बनाउन समान एक एक गोल गरेका थिए ।

८२ औ मिनेटमा मार्टिन्सले गोल गर्दै नापोलीलाई सुरुवाती गाल दिलाएका थिए । घरेलु टोलीको जित सुनिश्चित गर्न लोरेन्टीले ईन्जुुरी समयमा गोल गरेका थिए ।