७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए

ब्रोड पिक हिमपहिरोमा बेपत्ता १० आरोहीमध्ये चार जनाको शव फेला

ब्रोड पिक हिमपहिरोमा बेपत्ता १० आरोहीमध्ये चार जनाको शव फेला
अ+ अ-

काठमाडाैँ । पाकिस्तानमा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा हिमपहिरोमा परी बेपत्ता भएका १० आरोहीमध्ये चार जनाको शव फेला परेको छ। हिमपहिरोमा विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्सदाई)सहित अन्तर्राष्ट्रिय टोली बेपत्ता भएको जनाइएको छ।

अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानले सामाजिक सञ्जालमार्फत उद्धार टोलीले घटनास्थलबाट हालसम्म चारवटा शव फेला पारेको जानकारी दिएका हुन्। यद्यपि, फेला परेका शवको पहिचान भने अझै खुल्न सकेको छैन।

बेपत्ता आरोहीहरूको खोजी तथा उद्धारका लागि आवश्यक उपकरणसहित उद्धारकर्मी बोकेका हेलिकप्टरहरू ब्रोड पिक क्षेत्रमा परिचालन गरिएको अध्यक्ष खानले बताएका छन्। उनले उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्।

हिमपहिरोपछि बेपत्ता हुनेमा नेपाली आरोही निर्मल पुर्जा (निम्सदाई), पुरबहादुर गुरुङ (युक्ता), किली पेम्बा शेर्पा (किलु), निमा शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन्।

त्यस्तै, ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ र अमेरिकाकी मेलोरी गिस पनि बेपत्ता रहेको जनाइएको छ। उद्धार अभियानमा बेपत्ता आरोहीहरूको अवस्थाबारे थप जानकारी प्राप्त गर्ने प्रयास भइरहेको छ।