२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २०८ पुग्यो

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २०८ पुग्यो
अ अ+ अ-

मनिला । फिलिपिन्समा यसवर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको सङ्ख्या २०८ पुगेको छ । योसँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पु¥याउने प्रयासहरू बढ्दै गएको छ । हालैका वर्षहरुमा फिलिपिन्स आएको घातक आँधी मध्ये एक भएको जनाइएको छ ।

राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रलाई तहसनहस पारेपछि कम्तीमा २३९ जना घाइते भएका र ५२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । यस आँधीको कारण यस क्षेत्रका ३००,००० भन्दाबढी मानिस आफ्नो घर र समुद्र तटको रिसोर्ट छोडेर भागेका थिए ।

आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उडाएको छ । बिजुलीका पोल ढलेका छन् र गाउँ बाढीमा परेका छन् । राईले गत बिहीबार प्रतिघण्टा १९५ किलोमिटर ९१२० माइल० गतिको हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा देशमा प्रहार गरेको थियो । सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौँ सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन् । खाना, पानी र चिकित्सा आपूर्ति बोकेका नौसेनाका जहाजहरू प्रभावित क्षेत्रतर्फ पठाइँदै छन् ।

परोपकारी र आपत्कालीन सेवाहरूले चन्दाका लागि अपिल गरेका छन् ।  सन् २०१३ मा आएको हाइयान नामक आँधी  यस देशको इतिहार घातक रहेको यसमा परी सात हजार ३०० व्यक्तिको मृत्यु वा बेपत्ता भएका थिए । (रासस/एएफपी)