२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

डानिलोको गोलमा इन्टरको जित कायमै



अ+ अ-

इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले अपराजित यात्रा कायम राखेको छ । बुधबार राति भएको खेलमा लाजियोलाई १–० गोल अन्तरले पराजित गर्दै इन्टरले अपराजित यात्रा कायम राखेको हो । डानिलो डी’ आम्ब्रोसिओले खेलको २३ औं मिनेटमा इन्टरको जितमा निर्णयक गोल गरेका थिए ।

इन्टरले अहिले सम्मको पाँच खेलमा ५ जित नै निकालेको छ । र, इन्टर १५ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । इन्टर दोस्रो स्थानको युभेन्ट्स भन्दा २ अंकले अघि रहेको छ । यता लाजियो ७ अंक जोडेर आठौं स्थानमा कायम छ ।

सिरी ‘ए’ कै अर्को खेलमा एटलान्टाले २–० गोल अन्तरले रोमालाई हराएको छ । त्यसैगरी काग्लियारीसँग नापोली पनि १–० गोल अन्तरले पराजित भएको छ ।