२ भाद्र २०८३, मंगलवार
,
Latest
सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच जनालाई छुरा हाने पक्राउ



अ+ अ-

वासिङ्टन । अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् ।

जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्यक्तिमाथि गोली हानेको प्रहरीले जनाएको छ ।

ककिसभिलस्थित हन्ट भ्याली टाउन सेन्टरमा सो घटना भएको अधिकारीहरुले जनाएका छन् ।

बाल्टीमोर प्रहरीले जारी गरेको वक्तव्यमा छुरा प्रहार गर्नेको साथबाट छुरा बरामद गरिएको उल्लेख छ ।

छुरा प्रहार गर्ने र मृत्यु हुने व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर हरेको अधिकारीहरुले जनाएका छन् ।

छुरा प्रहार गर्नेले किन छुरा प्रहार गरेको हो भन्ने अहिलेसम्म खुल्न नसकेको स्थानीय प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट घाइते भएका सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।