१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण
अ अ+ अ-

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित ‘सुकुमवासी होल्डिङ सेन्टर’ मा रहेका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले आज खरिपाटीमा रहेका २१ र बोडेमा रहेका १८ जना विद्यार्थीलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।

‘होल्डिङ सेन्टर’ मा रहेका विद्यार्थीका लागि झोला, कलम–कापीलगायतका शैक्षिक सामग्रीसहित  क्यारम्बोर्ड, ब्याडमिन्टन, चेस, भलिबललगायतका खेलकुदका सामग्री वितरण गरिएको छ ।

शिक्षामन्त्री पोखरेलले एक कार्यक्रमबीच शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नुहुँदै बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले ‘होल्डिङ सेन्टर’ मा बस्दै आएका विद्यार्थीको पठनपाठनमा कुनै कठिनाइ नहोेस् भन्ने कुरामा मन्त्रालय प्रतिबद्ध रहेको पनि जानकारी गराउनुभयो ।

यसैगरी, सरकारका प्रवक्ता एवं मन्त्री पोखरेलले ‘होल्डिङ सेन्टर’ मा बस्दै आएका नागरिकको स्वास्थ्य, सुरक्षासहित  समग्र व्यस्थापनका लागि सम्बद्ध मन्त्रालयहरूबीच आवश्यक समन्वयसहित सहकार्य भइरहेकाले ढुक्क भई बस्न अनुरोध गर्नुभयो ।

शिक्षामन्त्री पोखरेलले ‘होल्डिङ सेन्टर’ मा रहका विद्यार्थीको विद्यालय भर्नालगायत आउने जाने क्रममा समस्या देखिए आवश्यक सहजीकरणसहित समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैबीच ‘होल्डिङ सेन्टर’मा रहका विद्यार्थीलाई विद्यालय जान–आउन सहज बनाउने उद्देश्यले भोलि मङ्गलबारदेखि ‘बस’ को व्यवस्था गरिएको मन्त्रालयले स्पष्ट गरेको छ ।

शिक्षा मन्त्रालयअन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पदाधिकारीसहित मन्त्री पोखरेल ‘होल्डिङ सेन्टर’ पुग्नुभएको हो ।

यसअघि आइतबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सम्बद्ध मन्त्री सम्मिलित टोलीले ‘होल्डिङ सेन्टर’ को स्थलगत अनुगमन गरी त्यहाँ बस्ने सुकुमवासीको जीवनयापन, उनीहरूले भोगिरहेका समस्या र सरकारी सुविधाका बारेमा जानकारी लिएको थियो । रासस