१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री वादी



अ+ अ-

काठमाडाैँ । महिला, बालबालिका, लैंगिक तथा  यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले महिला तथा बालिकामाथि हुने लैगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभा बैठकमा प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा, रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था सम्बन्धि संकल्प प्रश्तावमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री वादीले लैंगिक हिंसाविरुद्ध सरकारले सामाजिक कार्ययोजना तर्जुमा गरेको पनि बताउनु भयो ।

उहाँले लैंगिक हिंसा तथा डिजिटल हिंसा रोकथामका लागि मन्त्रालयले सचेतनामूलक अडियो, भिडियो सामग्री निर्माण गरी प्रशारणको तयारीमा रहेको पनि बताउनु भयो । सरकारले लैगिक हिंसाबाट पीडित र प्रभावित महिलाहरुका लागि २१ वटा स्थानीय तहमा सञ्चालनमा रहेका सुरक्षित आश्रयस्थललाई सहयोग प्रदान गर्दै आएको मन्त्री वादीको भनाई थियो ।

मन्त्री वादीले मानव बेचविखन विरुद्धको राष्ट्रिय नीति, २०८२ मा प्रविधिको दुरुपयोग गरी हुने मानव बेचविखन नियन्त्रणको लागि आवश्यक संयन्त्रको व्यवस्था गरिएको समेत बताउनु भयो ।