३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले आफूले बोल्ने हरेक शब्द र गर्ने हरेक निर्णयप्रति गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

‘दोलखाका लोकनायकहरू’ पुस्तक लोकार्पण तथा नन्दप्रसाद–जानुका स्मृति सम्मान समर्पण समारोहमा आज सभापति थापाले संसद्को गरिमा र सांसदको जिम्मेवारीप्रति सम्बन्धित सबै सजग हुनुपर्ने उल्लेख गर्नुभयो । सभापति थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताउँदै अब नेपालमा राजनीतिक ‘एड्भेन्चर’ नचाहिएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच वर्षका लागि सरकार चलाउन जनताबाट ‘म्यान्डेट’ लिएर आएकाले  पाँच वर्षसम्म काम गर्ने अवसर दिनुपर्ने बताउनुभयो ।

पाँच वर्षपछि कांग्रेसले सरकार चलाउने गरी आफूहरूले तयारी गरिरहेको बताउँदै सभापति थापाले भन्नुभयो, “विगतबाट पाठ सिकेर आफूलाई सच्च्याउँदै हामी अघि बढेका छौँ ।” उहाँले राजनीतिमा सधैँ सङ्ख्या मात्रै ठूलो नहुने उल्लेख गर्दै विगतमा कांग्रेस–एमालेले जनताको असन्तुष्टिलाई बेलैमा सम्बोधन गर्न नसक्दा र बहुमत तथा जनादेशलाई पर्याप्त ठानेको परिणाम भोग्नुपरेको स्मरण गराउनुभयो ।

सभापति थापाले भन्नुभयो, “हामीले एकैपटक माथि मात्रै हेर्यौँ, हामीसँग पाएको शक्ति, प्रतिष्ठा मात्रै हेर्यौँ, त्यसले हामीलाई ठीक ठाउँमा पु¥याउन सक्दैन । हिजो हामीले सिकेको कुरा हो यो, हामी त्यो सिकाइबाट आफूलाई सच्च्याउन चाहन्छौँ, आफूलाई बदलेर लैजान चाहन्छौँ ।” लोकतन्त्रमा नैतिक नेतृत्वको महत्वपूर्ण हुने बताउँदै सभापति थापाले वर्तमान सरकारले निर्वाचनमा मत दिएका र नदिएका दुवै नागरिकको विश्वास कायम राख्नुपर्ने सुझाव दिनुभयो ।

दोलखाको इतिहास, समाज र राजनीतिमा महत्वपूर्ण योगदान पु¥याउनुभएका अग्रज व्यक्तित्वहरूको योगदानलाई सम्मान गर्दै सामाजिक, शैक्षिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटीको ११२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा कांग्रेसका नेताहरु तथा विचारकहरुले उहाँको योगदान, विचार र आदर्शलाई स्मरण गर्नुभएको थियो ।

वक्ताहरुले दोलखाका लोकनायकहरूको योगदानलाई पुस्तान्तरण गर्ने र समाज निर्माणमा उहाँहरूले देखाउनुभएको मार्गलाई नयाँ पुस्तासम्म पु¥याउने प्रयास महत्वपूर्ण भएको उल्लेख गर्नुभएको थियो । रासस