४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले गत भदै २४ मा हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै नसुध्रिएको जनाउनु भएको छ ।

बागमती प्रदेशको सत्ता समीकरणमा नेकपा एमालेले अनैतिक खेल खेलेको आरोप लगाउदै प्रवक्ता श्रेष्ठले यस्तो आरोप लगाउनु भएको हो ।

संसदीय दलका नेता उद्दव थापाले एमाले नेतृत्वको सरकारलाई समर्थन गरेपछि राप्रपा भित्र तरंग पैदा भएको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले थापालाई पार्टीर प्रदेशसभा सदस्यबाट समेत हटाउने निर्णय गरेको छ ।

प्रवक्ता श्रेष्ठले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ ! तथाकथित बा र बाहरुले बिजारोपण गरेको प्रवृत्तिको अवशेषको आज बागमती प्रदेशमा पुनरोदय भएको छ। संसदीय दलको बैठक समेत नबसी एकजना सांसदले आफ्नो लेटरप्याडमा गरेको अनधिकृत हस्ताक्षरलाई दलको निर्णय भनि मान्यता दिने, दलीय व्यवस्थामा दललाई कमजोर बनाउने गरी सत्ताको फोहोरी खेल खेल्ने र यस खेलमा निजहरुको अवान्छित हर्कत नेपालको संसदीय इतिहासमा कालो धब्बाको रुपमा धेरै पछिसम्म अभिलेखित रहनेछ !
यस्तो अराजक, अराजनीतिक र अमर्यादित कार्यमा उक्साउने र प्रेरणा प्रदान गर्ने जो कोही हुन् ति राप्रपालाई कमजोर बनाउने फगत गोटी मात्रै हुन् ।
इतिहासले एकदिन तिनको उत्खनन गर्ने नै छ…..!
दिवंगत नेता श्रद्धेय राजेश्वर देवकोटाले भन्ने गर्नुहुन्थ्यो- “राष्ट्रवादी हुन सजिलो छ, राष्ट्रवादी भएर बॅाच्न गाऱ्हो छ।”