१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन

कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन
अ अ+ अ-

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको विषादी अवशेष परीक्षणका क्रममा रायोको सागमा मापदण्डभन्दा बढी विषादी भेटिएको छ।

कृषि विभागअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले मंगलबार बिहान गरेको परीक्षणमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबाट बजारमा ल्याइएको रायोको सागमा अर्गानोफस्फेट समूहको विषादीको मात्रा ५०.०१६० प्रतिशत फेला परेको हो।

प्रयोगशालाका अनुसार उक्त मात्रा स्वीकृत सीमाभन्दा बढी भएकाले रायोको सागलाई उपभोगका लागि अयोग्य ठहर गर्दै नष्ट गर्नुपर्ने (विसर्जन) श्रेणीमा वर्गीकरण गरिएको छ।

आज गरिएको परीक्षणमा कुल १२ वटा तरकारीका नमुना समावेश थिए। तीमध्ये रायोको साग, हरियो प्याज, निगुरो, काँक्रो, हरियो धनियाँ, घिरौँला र गोलभेँडालगायतका नमुनाको परीक्षण गरिएको थियो। रायोको सागबाहेक अन्य ११ वटा नमुनामा भने विषादीको मात्रा सुरक्षित सीमाभित्र रहेको प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाले निर्धारण गरेको मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भएका तरकारी उपभोगका लागि सुरक्षित मानिन्छन्। ३५ देखि ४५ प्रतिशतसम्म विषादी देखिएमा त्यस्ता तरकारी केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरिन्छ। ४५ प्रतिशतभन्दा बढी विषादी भेटिएमा भने ती तरकारीलाई खान अयोग्य मान्दै पूर्ण रूपमा नष्ट गर्ने व्यवस्था रहेको छ।

प्रयोगशालाले हाल सञ्चालन भइरहेको द्रुत परीक्षण कार्बामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीको अवशेष मापनमा मात्र केन्द्रित रहेको स्पष्ट पारेको छ।