१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको शानदार जित



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा केलियन एम्बाप्पेको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिग वान च्याम्पियन पीएसजीले बेल्जियमको क्लब ब्रुगिसलाई ५–० गोल अन्तरले हराएको हो ।

बैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान छिरेका एम्बाप्पेले ह्याट्रिक गर्न सफल रहेका थिए । बाँकी दुई गोल भने ईकार्डीले गरे । एन्जल डी मारियको पासलाई सदुपयोग गर्दै खेलको सातौ मिनेटमा ईकार्डीले पीएसजीलाई अग्रता दिलाएका थिए । तर दोस्रो गोलका लागि पीएसजीले लामो समय प्रतिक्षा गर्नुपर्यो ।

६१ औ मिनेटमा पीएसजीका लागि एम्बाप्पेले दोस्रो गोल गरे । त्यसको दुई मिनेटपछि ईकार्डीले ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । ७९ औ मिनेटमा डी मारियाको क्रसलाई सदुपयोग गर्दैएम्बाप्पेले पीएसजीलाई ४–० ले अघि बढाए । ८३ औ मिनेटमा एम्बाप्पेले ह्याट्रिक पुरा गरेका थिए ।

समूह एको खेलमा जित सहित पीएसजीले नकआउट चरणको नजिक लम्किएको छ । समूहको शीर्ष स्थानको पीएसजीले ९ अंक जोडेको छ । क्लब ब्रुगिस २ अंक सहित तेस्रो स्थानमा छ ।