२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको शानदार जित



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा केलियन एम्बाप्पेको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिग वान च्याम्पियन पीएसजीले बेल्जियमको क्लब ब्रुगिसलाई ५–० गोल अन्तरले हराएको हो ।

बैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान छिरेका एम्बाप्पेले ह्याट्रिक गर्न सफल रहेका थिए । बाँकी दुई गोल भने ईकार्डीले गरे । एन्जल डी मारियको पासलाई सदुपयोग गर्दै खेलको सातौ मिनेटमा ईकार्डीले पीएसजीलाई अग्रता दिलाएका थिए । तर दोस्रो गोलका लागि पीएसजीले लामो समय प्रतिक्षा गर्नुपर्यो ।

६१ औ मिनेटमा पीएसजीका लागि एम्बाप्पेले दोस्रो गोल गरे । त्यसको दुई मिनेटपछि ईकार्डीले ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । ७९ औ मिनेटमा डी मारियाको क्रसलाई सदुपयोग गर्दैएम्बाप्पेले पीएसजीलाई ४–० ले अघि बढाए । ८३ औ मिनेटमा एम्बाप्पेले ह्याट्रिक पुरा गरेका थिए ।

समूह एको खेलमा जित सहित पीएसजीले नकआउट चरणको नजिक लम्किएको छ । समूहको शीर्ष स्थानको पीएसजीले ९ अंक जोडेको छ । क्लब ब्रुगिस २ अंक सहित तेस्रो स्थानमा छ ।