६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँलाई १ सय १३ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को फाइनल खेलमा चितवन राइनोजले क्याट क्वीन्स काठमाडौँलाई उपाधिको लागि ११३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११२ रनको योगफल बनायो । उसका लागि सुमन खतिवडाले सर्वाधिक २९ रनको योगदान दिइन् भने कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् ।

त्यस्तै काजल श्रेष्ठले २१ तथा कञ्चन श्रेष्ठले १९ रन जोडिन् । काठमाडौँकी सङ्गीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले एक÷एक विकेट लिइन् । काठमाडौँ अहिले जवाफी ब्याटिङमा उत्रेको छ । क्वीन्स ईभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको उक्त प्रतियोगिताको बिजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख प्राप्त गर्नेछ ।