२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँलाई १ सय १३ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को फाइनल खेलमा चितवन राइनोजले क्याट क्वीन्स काठमाडौँलाई उपाधिको लागि ११३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११२ रनको योगफल बनायो । उसका लागि सुमन खतिवडाले सर्वाधिक २९ रनको योगदान दिइन् भने कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् ।

त्यस्तै काजल श्रेष्ठले २१ तथा कञ्चन श्रेष्ठले १९ रन जोडिन् । काठमाडौँकी सङ्गीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले एक÷एक विकेट लिइन् । काठमाडौँ अहिले जवाफी ब्याटिङमा उत्रेको छ । क्वीन्स ईभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको उक्त प्रतियोगिताको बिजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख प्राप्त गर्नेछ ।