१ असार २०८३, सोमबार
,
Latest
सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज मित्रराष्ट्र जर्मनी सरकारको फेडरल मिनिस्ट्री अफ इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (बीएमजेड) अन्तर्गत साउथ एशिया डिभिजन तथा डेभलपमेन्ट प्रमुख सुश्री बारबरा शेफर (मिस बारबरा शेफर) र नेपालका लागि जर्मनीका राजदूत महामहिम उदो भोल्ज (एच.ई. उदो भोल्ज) सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

उक्त भेटघाटमा जर्मनी सरकारका विकास साझेदार संस्थाहरू केएफडब्ल्यू (केएफडब्ल्यू), जीआईजेड (जीआईजेड) तथा पीटीबी (पीटीबी) का नेपालस्थित प्रमुख तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

भेटवार्ताका क्रममा नेपाल–जर्मनीबीच लामो समयदेखि कायम रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो। साथै, नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, स्वास्थ्य सेवा सुदृढीकरण तथा विभिन्न विकास परियोजनामार्फत जर्मन सरकारले पुर्‍याउँदै आएको सहयोगको उच्च मूल्यांकन गरिएको थियो।

मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा जर्मनी सरकारको निरन्तर सहयोग तथा साझेदारीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विकास साझेदारहरूको सहयोगले सरकारका प्राथमिकताका क्षेत्रमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस अवसरमा जर्मन प्रतिनिधिमण्डलले नेपालको विकास प्रयासप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै आगामी दिनमा पनि सरकारका प्राथमिकताका क्षेत्रमा निरन्तर सहयोग र साझेदारी कायम रहने विश्वास व्यक्त गरेको थियो।




न्यूजपोलारबाट थप समाचार
भर्खरै