• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

म्यान्चेस्टर युनाइटेडकाे खराब प्रदर्शन जारी, बर्नमाउथसँग पराजित



काठमाडाैंः यस सिजनकाे प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडकाे खराब प्रदर्शन जारी छ । खासगरी राम्रा स्ट्राइकरकाे अभाव झेलिरहेकाे म्यान्यूकाे शनिबारकाे खेलमा पनि यहीक्रम जारी रह्याे ।

दुबै टिमबाट राम्रा मुभ भए पनि अन्ततः बर्नमाउथले बाजी मार्याे । बर्नमाउथले म्यान्यूलाइ ० का विरूद्ध १ गाेलले पराजित गरेकाे हाे । बर्नमाउथका लागि जाेसुवा किङले ४५औं मिनेटमा म्यान्यूका डिफेन्डरलाई झुक्याएर गोल गर्न सफल भएका थिए । दोस्रो हाफमा म्यान्चेस्टर युनाइटेडले लगातार आक्रमण गरेपनि गोल गर्न सफल भएको थिएन ।


म्यान्चेस्टर युनाइटेड टिम (फाइल तस्वीर)

शनिबार नै लिगको शीर्ष स्थानमा रहेको लिभरपुल र दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीका खेलहरु हुँदैछन् ।