१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा

वृद्धवृद्धाको सरकारसँग गुनासो

वृद्धवृद्धाको सरकारसँग गुनासो
अ अ+ अ-

काठमाडौं । सरकारले वृद्धवृद्धाका लागि नयाँ-नयाँ नीति ल्याए पनि उनीहरु भने अझै पनि सन्तुष्ट हुनसकेका छैनन् । देशभरका वृद्धवृद्धाको हकहितका लागि काम गर्दै आएको अग्रज सेवा नेपालले विगत आठ वर्षदेखि सङ्घर्ष गर्दै आए पनि सार्वजनिक यातायातमा छुट, अस्पतालमा छुटलगायतका माग पूरा हुननसकेको अग्रज सेवा नेपालका उपाध्यक्ष प्रभा लम्सालले गुनासो पोख्नुभयो । “हामीेले सम्पूर्ण वृद्धवृद्धाको अधिकार प्राप्तिका लागि सडकमा सङ्घर्ष गयौं, तर त्यसको परिणाम हामीले सोचेजस्तो भएन”, लम्सालले भन्नुभयो । आफ्ना सम्पूर्ण माग पूरा नभएसम्म सङ्घर्ष जारी राख्ने उहाँ बताउनुहुन्छ ।

नेपाल सरकारले वृद्धभत्तामा वृद्धि, सार्वजनिक यातायातमा छुट, स्वास्थ्योपचारमा छुटलगायतको नीति ल्याएको छ । तर कार्यान्वयनको पाटो भने फितलो रहेको लम्सालले दुखेसो पोख्नुभयो । अग्रज सेवा नेपालको सङ्घर्षबाट केही उपलब्धीहरु प्राप्त भए पनि केही उपलब्धी अझै प्राप्त हुन बाँकी रहेको समाज नेपालका अर्का उपाध्यक्ष हरिप्रसाद भट्टराई बताउनुहुन्छ ।

“वृद्धवृद्धा भनेका उपत्यकाभित्र मात्र बस्ने होइनन्”, उहाँ थप्नुहुन्छ, “अन्य ठाउँमा बस्ने वृद्धवृद्धाले पनि समान अधिकार पाउनुपर्छ भन्ने हाम्रो माग हो ।” अग्रज समाज नेपालले समय–समयमा विभिन्न मन्त्रालयसँग वृद्धवृद्धाको हकहितका निम्ति अन्तरक्रिया राख्दै आएको छ । पाँच वर्षभित्रमा रु पाँच हजार वृद्धभत्ता पुर्याउने सरकारको प्रतिबद्धताअनुरुप अहिले रु दुई हजारबाट रु तीन हजार ३०० पुगिसकेको छ ।

स्वास्थ्योपचारका क्रममा काठमाडौँस्थित वीर अस्पतालबाट वृद्धवृद्धालाई ५० प्रतिशत छुटको व्यवस्था गरिए पनि देशभरका वृद्धवृद्धाले कुन-कुन अस्पतालबाट सुविधा पाउने भन्ने सरकारले मस्यौदामा उल्लेख नगरेको समाजका अध्यक्ष महाप्रसाद पराजुलीले बताउनुभयो । सार्वजनिक यातायातमा छुट, अस्पतालमा छुटलगायत अन्य विविध क्षेत्रमा छुटको व्यवस्थासमेत सरकारले देशव्यापीरूपमा कार्यान्वयनमा ल्याउन नसक्नु लज्जास्पद रहेको उहाँको ठहर छ । उहाँ भन्नुहुन्छ, “सरकारले हाम्रो कुरा सुन्नै चाहेन ।” सरकारले नीति ल्याए पनि कार्यान्वयनको पाटो फितलो रहेको उहाँको ठहर छ । समाजले आफ्नो माग सुनुवाइ नभए थप सङ्घर्ष गर्ने तयारी गरिसकेको छ ।