२० असार २०८३, शनिबार
,
Latest
शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नपूर्ण आरोहण दिवस: छैटौँ संस्करणको म्याराथन प्रतियोगिता- फोटो फिचर



अ+ अ-

कास्की: अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले बुधबार ‘छैटौँ संस्करण अन्नपूर्ण म्याराथन’ प्रतियोगिता आयोजना गरेको छ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी धावकहरूको सहभागिता रहेको छ। विश्वप्रसिद्ध पदमार्ग क्षेत्रभित्र सञ्चालन हुने यस म्याराथन अन्नपूर्ण आधार शिविरबाट सुरु भई घान्द्रुकसम्म पुग्नेछ।

हिमाली पर्यटन प्रवर्द्धन, साहसिक खेलकुदको विकास तथा अन्नपूर्ण क्षेत्रको अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्ने उद्देश्यले हरेक वर्ष अन्नपूर्ण आरोहण दिवसको अवसरमा म्याराथन आयोजना हुँदै आएको छ।

आयोजकका अनुसार प्रतियोगिताले अन्नपूर्ण क्षेत्रलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा थप स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। प्रतियोगितामा विभिन्न उमेर समूहका धावकहरूले चुनौतीपूर्ण हिमाली भूगोलमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन्।

तस्बिरः विष्णु नेपाल-रासस