११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो

तेस्रो पक्ष अस्वीकार गर्दै भारतले भन्याे : नेपाल–भारत सीमा विवाद द्विपक्षीय ढाँचामै समाधान हुन्छ

तेस्रो पक्ष अस्वीकार गर्दै भारतले भन्याे : नेपाल–भारत सीमा विवाद द्विपक्षीय ढाँचामै समाधान हुन्छ
अ अ+ अ-

काठमाडौं । नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले संसदमा व्यक्त गरेको भनाइप्रति भारतले औपचारिक प्रतिक्रिया जनाएको छ। भारतले दुई देशबीच रहेका सीमासम्बन्धी विषयहरू समाधान गर्न कुनै तेस्रो मुलुकको भूमिका आवश्यक नरहेको स्पष्ट गरेको हो।

मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिलाई भारतले ध्यानपूर्वक लिएको बताएका छन्। उनले नेपाल–भारत सीमाका अधिकांश क्षेत्रको सीमांकन सम्पन्न भइसकेको उल्लेख गर्दै बाँकी रहेका विषयहरू द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने प्रक्रिया जारी रहेको बताए।

उनका अनुसार भारत–नेपाल सीमाको झण्डै ९८ प्रतिशत भागको सीमांकन सम्पन्न भइसकेको छ। दशगजा क्षेत्रसँग सम्बन्धित केही समस्या तथा अन्य प्राविधिक विषयहरू समाधान गर्न दुवै देशबीच स्थायी संयन्त्र सक्रिय रहेको उनले जानकारी दिए।

प्रवक्ता जैसवालले गण्डक नदीको धार परिवर्तनका कारण केही स्थानमा जटिलता उत्पन्न भएको स्वीकार गर्दै यस्ता क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको र अवस्थालाई सावधानीपूर्वक व्यवस्थापन गरिएको बताए।

यसअघि प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै नेपाल–भारत सीमा विवाद समाधानका लागि कूटनीतिक पहल जारी रहेको बताएका थिए। उनले सीमा सम्बन्धी विषयमा नेपाल र भारतसँगै बेलायतसँग पनि संवाद भइरहेको उल्लेख गरेका थिए।

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रबारे उठेका प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको तथ्य फेला परेको दाबी गरेका थिए। साथै, उनले विवादित क्षेत्रका विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाइसकेको र त्यसको जवाफ प्राप्त भइसकेको जानकारी दिएका थिए।

प्रधानमन्त्री शाहले सीमा समस्या ब्रिटिस भारतकालदेखि नै रहँदै आएको विषय भएकाले बेलायतसँग समेत संवाद भइरहेको बताएका थिए। तर भारतले भने यस्ता विषयहरू केवल नेपाल र भारतबीचको द्विपक्षीय प्रक्रियाबाटै समाधान हुनुपर्ने अडान दोहोर्‍याएको छ।