२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनरागमनमा डर्टमण्डको उत्कृष्ट जित



अ+ अ-

च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले पुनरागमन जित निकालेको छ ।समूह चरण अन्तर्गत बुधबार राति डर्टमण्डले ३–२ गोल अन्तरले इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको हो । घरेलु मैदानमा २–० गोलले पछि परेको स्थिति उल्टाएर डर्टमण्डले उत्कृष्ट जित निकालेको हो । लाउटारो मार्टिनेजले खेलको पाँचौं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

४० औं मिनेटमा माटियास भेसिनोले गोल गर्दै इन्टरलाई २–० को अग्रता दिलाएका हुन् । तर, दोस्रो हाफमा डर्टमण्डले उत्कृष्ट पुनरागमन गर्यो । अर्चार्फ हाकिमीले खेलको ५१ औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई खेलमा फर्काउने कोशिस गरेका थिए । ६४ औं मिनेटमा जुलियन ब्रान्टले गोल गर्दा डर्टमण्डले खेल २–२ को बराबरीमा ल्याउन सक्यो ।

त्यसपछि हाकिमीले खेलको ७७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ३–२ को उत्कृष्ट जित दिलाए । जितसँगै समूह ‘एफ’ को डर्टमण्ड समूहको दोस्रो स्थानमा उक्लिएको छ । डर्टमण्डले ४ खेलमा ७ अंक जोडेको छ । ४ अंक जोडेको इन्टर तेस्रो स्थानमा छ । यस समूहमा ८ अंक जोडेर बार्सिलोना शीर्ष स्थानमा छ ।