१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिकोसलाई हराउँदै वायर्न अन्तिम १६ मा प्रवेश



अ+ अ-

जर्मन क्लब वायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको समूह चरणको खेलमा वायर्नले ओलम्पिकोसलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ को यात्रा पक्का गरेको हो । घरेलु मैदानमा रोबर्टो लेवान्डोस्कीले खेलको ६९ औं मिनेटमा गोल गर्दै वायर्नलाई १–० को अग्रता दिलाएका थिए ।

यो सँगै लेवान्डोस्की च्याम्पियन्स लिगको समूह चरणको लगातार आठ खेलमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । त्यसपछि इभान पेरिसिचले खेलको ८९ औं मिनेटमा गोल गर्दै वायर्नलाई २–० को जित दिलाएका हुन् ।

जितसँगै समूह ‘बी’ को वायर्नले ४ खेलमा अपराजित रहदै १२ अंक जोडेको छ । र, नकआउट चरणमा स्थान पक्का गरेको छ । १ अंक जोडेको ओलम्पिकाओस पुछारमा रहेको छ ।