१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

लोप हुँदै गन्दर्भको पेशा

लोप हुँदै गन्दर्भको पेशा
अ अ+ अ-

तम्घास । ‘दुःखीलाई आएन काल : बाचुञ्जेली सधैँको यही चाल’ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घाका चुराबहादुर गन्दर्भले सारङ्गी रेट्दै यस्तै गीत गाउन थालेको ६२ वर्ष भयो । सात वर्षको उमेरबाट गीत गाउन सिक्नुभएको उहाँ अहिले ६९ वर्षको हुनुभयो ।

शरीरमा पहिलेझैँ काम गर्ने जागर छैन । तर, आफ्नो गायन पेशाप्रति भने उहाँको रुचि घटेको छैन् । आफ्ना बाउबाजेले गाउँगाउँमा गई गीत गाएरै जीविकोपार्जन गरेको परम्परालाई उहाँ कायम राख्न चाहानुहुन्छ । तर, उहाँलाई उमेरले साथ दिएको छैन भने छोराहरुले त्यसप्रति ध्यान दिनसकेका छैनन् ।

पहिले–पहिले आजकाल झै सडक थिएनन् । खाद्यान्न तथा दैनिक खर्च चलाउने सामग्री गाउँबाटै जुटाउनुपथ्र्यो । जसले गर्दा गन्दर्भ जातिका मानिस गाउँगाउँमा गीत गाउन जाने गर्थे । गीत गाएपछि गाउँलेले दिएको नून, चामल, दाल, तरकारीले आफ्नो जीविकोपार्जन चलाउथे ।

चुराबहादुर पनि गाउनकै लागि जिल्लाका पूर्तिघाट, शान्तिपुर, रेमी, रिमुवालगायतका थुप्रै ठाउँ पुग्नुभयो । ६२ वर्षसम्म उहाँले देशमा शासन–व्यवस्था परिवर्तन भएको देख्नुभयो । थुप्रैले निर्वाचनमा भोट मागेको र महत्वपूर्ण आशा देखाएको उहाँसँग अझै सम्झना छ । बिडम्बना, उहाँले अझै पनि शासन–व्यवस्था परिवर्तन भएको महशुस गर्न पाउनुभएको छैन ।

उहाँको गायन पेशा फष्टाउनुको सट्टा झन खुम्चदै गएको छ । आफूहरुको गायन पेशालाई छोरानातीले ध्यान नदिएको र राज्यले पनि संरक्षणमा चासो नदिएका कारण लोप हुँदै गइरहेको चुराबहादुरको गुनासो छ । “गाउँमा अझै पनि गीत सुन्ने चाहना गर्छन्, तर उमेरले साथ दिएन”, उहाँले भन्नुभयो, “राज्यले हेरेन, छोराले सिकेनन् ।”

उहाँको छिमेकी पेमबहादुर गन्दर्भ उमेरले ५० वर्ष पुग्नुभयो । नियमित गन्दर्भ जातिको गीत गाएरै जीविकोपार्जन गर्न थालेको पनि २६ वर्ष भयो । जम्मा १२ छोराछोरीमध्ये अहिले ११ जीवित छन् । उहाँ गीत गाउनकै लागि जिल्लाका विभिन्न स्थानसँगै पर्वत, बागलुङ, अर्घाखाँचीलगायतका स्थान पुग्नुभयो । त्यसैबाट परिवारको गुजारा गर्नुभएको उहाँको अहिले भने त्यत्ति गाउने जागर छैन । कारण हो, पेशा सम्मानजनक नहुनु । “गाउँमा गीत गाउन जाँदा पहिलेजस्तो सम्मान हुँदैन, थोरैले घरखर्च चल्दैन”, प्रेमबहादुरले भन्नुभयो, “बाध्य भएर गायन पेशाप्रति कम समय दिनुपरको छ ।” पहिले–पहिले गीत गाइसकेपछि अन्न, नूनलगायतका सामग्री दिए पनि आजभोलि पैसा मात्र दिन थालेको उहाँले बताउनुभयो । प्रेमबहादुरले गीत गाउने मात्र होइन, सारङ्गी बनाउन पनि जान्नुभएको छ ।

आफै सारङ्गी बनाउने र बजाउने हुँदा केही रुपमा सहज छ । तर समाजले नै नकारात्मक रुपमा हेर्दा आफूलाई दुःख लाग्ने गरेको उहाँ बताउनुहुन्छ । “कुनै–कुनैले राम्रो व्यवहार गरेपनि धेरैले खासै राम्रो मान्दैनन्”,उहाँले भन्नुभयो, “गाउन जाँदा बचन सुन्नुपर्छ ।”

यस्तै चुराबहादुरका चार छोरा छन् । तीमध्ये जेठो छोराले घर–गाउँमै मजदूरी गर्नुहुन्छ । माइलो, साइलो र कान्छो रोजगारीको लागि भारतमा हुनुहुन्छ । प्रेमबहादुरका पनि तीन छोरा छन् । तीमध्ये एउटा सानै छ । दुई मध्ये जेठाले गाउँमा ठेक्कापट्टाको काम गर्छन् भने अर्को रोजगारीलाई विदेश जाने तयारीमा छन् । बम्घामा गन्धर्व जातिका ११ घर छन् । तीमध्ये तीनजना वृद्धले मात्र सारङ्गी रेट्दै गीत गाउनुहुन्छ । चुराबहादुर, प्रेमबहादुर र बलबहादुर । गीत गाउने अन्यको निधन भयो । पुराना हराउँदै गए । नयाँ विदेश धाउन थालेपछि यो पेशा लोप हुँदै गएको छ ।

“अहिलेसम्म जसोतसो पेशा थामिएको छ, तर अब धेरै नरहने भयो”, चुराबहादुरले भन्नुभयो, “छोराहरुले सिक्नै खोज्दैनन् ।” आफूले छोराहरुलाई सिक्न धेरै आग्रह गरेपनि उनीहरुले नमानेको उहाँको गुनासो छ । प्रेमबहादुरले पनि नयाँ पुस्ताले अनुशरण गर्न नसक्दा आफूहरुको पेशा सङ्कटमा परेको बताउनुभयो ।

आफू रहुञ्जेल सारङ्गी बजाए पनि आफुपछि यो पेशा नै लोप हुनेमा चिन्ता व्यक्त गर्नुभयो । “सारङ्गी रेटेरै मैले परिवार चलाए, तर अहिले कसैले सिक्न खोजेनन्”, उहाँले भन्नुभयो,“रेडियो, टेलिभिनसँगै गायन पेशा पनि लोप हुँदै गएको छ ।”

प्रमेबहादुरका माइला छोरा शरण गन्धर्व गायन पेशाबाट जीविकोपार्जन नचल्ने भएकोले आफूहरुले बढी चासो नदिएको प्रतिक्रिया दिनुभयो । गाउँगाउँमा आधुनिक मिडिया र प्रविधिको विकास भएसँगै मानिसले गायन पेशालाई त्यत्ति महत्व दिन छाडेकोले आफूहरुले पनि गाउन नसकेको उहाँले बताउनुभयो । रोजगारीको लागि भारतमा रहेका शरण केही समयको लागि घर आएको बताउनुभयो । “यही पेशाले हामी हुर्कियौँ, जोगाउन मन त लाग्छ”, उहाँले भन्नुभयो, “तर आम्दानी हुँदैन ।” यदी राज्यले व्यवसायीकरण गर्न सहयोग गरेको खण्डमा आफूहरु त्यसमा लाग्ने उहाँले बताउनुभयो ।