१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

सडक निर्माणमा ढिलासुस्ती

सडक निर्माणमा ढिलासुस्ती
अ अ+ अ-

झापा । झापाको बिर्तामोड–भद्रपुर सडक खण्डको निर्माण कार्यमा ढिलासुस्ती भएपछि नागरिक सडक सङ्घर्षमा उत्रिएका छन् । निर्माण सम्झौता सकिन लाग्दासमेत निर्माण कार्यले गति नपाउँदा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा नागरिक सडक सङ्घर्षमा उत्रिएका हुन् ।

“सम्झौता अवधि सकिन लाग्दा पनि अपेक्षाकृत काम भएको छैन’, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले भन्नुभयो, “समयमै सडक निर्माण होस् भन्ने उद्देश्यले खबरदारी गर्न लागेका हौँ ।” उहाँले कसैको विरोध भन्दा पनि समयमा सडक बनोस् भन्ने आफूहरुको उद्देश्य रहेको सुनाउनुभयो ।

बिर्तामोड बजार क्षेत्रको अढाइ किलोमिटर सडक चार लेनको र बाँकी डेढकिलोमिटर सडक दुई लेनको बनाउने गरी आशिष प्रेरा जेभिसँग सडक डिभिजन कार्यालय दमकले रु २७ करोडमा ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौता अवधि सकिन दुई महिना मात्रै बाँकी छँदा २० प्रतिशत पनि काम पूरा नभएको स्थानीयवासी बताउँछन् ।

स्मार्ट सिटीको अवधारणा अनुसार बिर्तामोड बजारक्षेत्रभित्रको सडकलाई चार लेनको बनाउने तयारी भइरहँदा ठेकेदारको कार्यशैली भने लापर्वाही देखिएको सामाजिक अगुवा मदनगोपाल सुब्बाले बताउनुभयो । “धेरैको चासो र चिन्ता भएको यो सडकमा लापरवाही हुनु गैरजिम्मेवारी हो”, सुब्बाले भन्नुभयो, “त्यसैले सडकमा उत्रिएका छौँ ।”

बिर्तामोड खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ सडक निर्माणमा भएको ढिलासुस्तीले जनताको आक्रोस बढ्दै गएको बताउनुहुन्छ । “चार किलोमिटर बाटो बनाउन यति धेरै ढिलासुस्ती छ”, उहाँले भन्नुभयो, “अरु कति योजना अलपत्र होलान् सहजै अनुमान गर्न सकिन्छ ।” उहाँले विकासका लागि नागरिक खबरदारी जारी रहने बताउनुभयो ।

यो सडक खण्डमा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे नियति जस्तै बनेको छ । गत असारमा बिर्तामोडको भद्रपुर रोडमा स्थानीयवासीले धान रोपाइँ गरेर विरोधसमेत जनाएका थिए । तर, विरोध गरेपनि सरोकारवाला निकायको कानमा बतास चलेको छैन । बल्लतल्ल ठेक्का लागेको भए पनि अपेक्षा अनुसार निर्माण अघि बढ्न सकेको छैन । ढल निर्माणका लागि सडक किनारमा खनिएको खाल्डोमा परेर एक जनाको मृत्युसमेत भइसकेको छ । सटर भाडामा लिएर व्यवसाय गरिरहेकाको व्यापार त चैपट भएको छ नै धुलोले स्वास्थ्यमासमेत प्रतिकुल असर परिरहेको छ ।

बिहानदेखि राति अबेरसम्म बाक्लो जनचाप हुने बिर्तामोड–भद्रपुर सडक निर्माणमा भएको ढिलाइप्रति यात्रुहरु पनि आक्रोसित छन् । सामाजिक अगुवा रञ्जु प्याकुरेल बजार क्षेत्रभित्रको सडकको हालत सधैँ यस्तो देखिनुले जनप्रतिनिधिलाई गिज््याइरहेको बताउनुहुन्छ । “स्थानीय सरकारलाई मात्रै होइन माथिल्लो तहका जनप्रतिनिधिका लागि पनि यो लाजमर्दो विषय हो”, उहाँले भन्नुभयो, “अब सडक निर्माणका लागि आन्दोलनको अगुवाई नगर प्रमुख र उपप्रमुखले गर्नुपर्छ । हामी साथ दिन तयार छौँ ।”