१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

सहकारीबाट सुधारिँदै पूर्व कम्लहरी

सहकारीबाट सुधारिँदै पूर्व कम्लहरी
अ अ+ अ-

घोराही । कुनै समय अर्काको घरमा घरेलु कामदारको रुपमा काम गर्ने कम्लहरी अहिले सहकारीमा सक्रिय भएर सुधारको बाटोतर्फ उन्मुख भएका छन् ।
कमलहरी उद्धार गरिएका दाङ, बाँके बर्दिया, कैलाली र कञ्चनपुरमा जिल्लामा अहिले सहकारी सञ्चालन भएका हुन् । हालसम्म कम्लहरी मुक्त गरिएका सबै जिल्लामा ४२ सहकारी सञ्चालनमा आएका छन् । ती सहकारीले कम्लहरीलाई प्रत्यक्षरूपमा आर्थिक क्रियाकलापको काम गराइरहेको पूर्व कम्लहरी उर्मिला चौधरीले बताउनुभयो ।

“हाम्रो सहकारीले पूर्व कम्लहरीलाई निःशुल्क सीप सिकाउने र निःशुल्क ऋण उपलब्ध गराउने गरेको छ । मैले पनि सहकारीबाट ऋण लिएर किराना पसल थापेकी हूँ,” उहाँले भन्नुभयो, “सहकारीले घुम्तीकोष र मासिक बचतमार्फत रकम सङ्कलन तथा ऋण लगानीसँगसँगै आफूहरूलाई तरकारीखेती, बाख्रापालन, बङ्गुरपालन, कुखुरापालन, किराना तथा फलफूल पसल र अन्य व्यवसाय सञ्चालनका लागि पनि सीप तथा ऋण दिने काम गरिरहेको पूर्व कम्लहरी चौधरीले बताउनुभयो ।

यसले आफूहरूकोे आर्थिक विकासमा टेवा पुगेको र आत्मनिर्भरतर्फ उन्मुख गराएको उहाँको भनाइ थियो । स्थापनाकालदेखि नै लावाजुनी सहकारीमा आवद्ध मुक्त कम्लहरी विकास मञ्चकी पूर्व अध्यक्ष सुनिता चौधरीले अव सहकारीमार्फत लाखाँै रुपौयाँको कारोवार गर्न सकिएकामा खुशी व्यक्त गर्नुभयो । सहकारीमा आवद्ध भएकै कारण आफूहरूले अहिले छोटो तथा लामो समयको तालीम लिएर व्यवसाय सञ्चालन गरेको उहाँको भनाइ थियो । तालीम मात्र होइन मुक्त भएका कम्लहरीले बिना ब्याज ऋण लिएर चिया नास्ता, फ्रेस हाउस, बाख्रापालन, सिलाइकटाइ, गार्मेन्ट, जुत्ता बनाउने, अनमी, जेटिए, ल्याब, असिस्टेन्ट, अटोमोवाइलजस्ता व्यवसाय सञ्चालन गरिरहेको पूर्व अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

उक्त मञ्चका अनुसार अहिले स्थापना भएको लावाजुनी सहकारीमा ४८ प्रतिशत मुक्त कम्लहरी, १८ प्रतिशत उनीहरुका परिवार र ३४ प्रतिशत अन्य परिवार आवद्ध छन् । उक्त सहकारीमा हाल करीब १२ हजार १४४ शेयर सदस्य पुगेकामा पाँच हजार ८०० मुक्त कम्लहरी मात्रै रहेका छन् ।
सहकारीको कोषमा हालसम्म रु सात करोड, ९८ लाख ५२ हजार ७२० र सो मञ्चले उपलब्ध गराएको घुम्ती कोषमा रु एक करोड पाँच लाख ४४ हजार १६ गरी जम्मा रु नौ करोड, तीन लाख, ९६ हजार ७३६ पूँजी छ । सहकारीबाट ऋण लगेर मात्रै करीव ३८७ मुक्त कम्लहरीले व्यवसाय गरिरहेको सो मञ्चले जनाएको छ भने सहकारीमार्फत नै एक हजार ७२१ ले छोटो अवधि र ४४८ ले लामो अवधिको तालीम लिई स्वरोजगारतर्फ उन्मुख भएका छन् । यस वर्ष मात्रै ३४० जनाले छोटो अवधिको तालीम लिएका थिए ।