१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

करिडोरको स्तरोन्नतिमा सेनाको सक्रियता

करिडोरको स्तरोन्नतिमा सेनाको सक्रियता
अ अ+ अ-

बागलुङ । सदरमुकाम बागलुङसँग जोडिएको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म कालीगण्डकी करिडोरको स्तरोन्नतिको जिम्मेवारी पाएको नेपाली सेनाले कामलाई तिव्रता दिएको छ । करिडोरको ठाउँठाउँमा खसेका पहिरोको सफाइ र १० मिटर चौडाइ नपुगेको क्षेत्रमा बम विष्फोटको कामलाई नेपाली सेनाले तीव्र बनाएको हो ।

गत ज्येष्ठ मसान्तसम्म सडक विभागलाई हस्तान्तरण गर्ने गरी जिम्मेवारी पाएको सेनाले विविध अवरोधका कारण हालसम्म पनि हस्तान्तरण गर्न सकेको छैन । झण्डै १० किलोमिटर दूरीमा रहेको बलेवा विमानस्थलसम्मको सडक समयमा हस्तान्तरण गर्न नसकेको सेनाले नै थप १५ किलोमिटर सडकको स्तरोन्नतिको जिम्मेवारी पाएको छ ।

मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको सडक स्तरोन्नतिका क्रममा मानवअधिकार र वर्षात्को समयलगायतका समस्या झेलेको सेनाले थप सडक स्तरोन्नतिको जिम्मेवारी पाएको हो । बलेवा विमानस्थलसम्मको १० किलोमिटरको काम अन्तिम चरणमा पुगेको छ । “हामीले १० किलोमिटर सडक बनाउने गरी जिम्मेवारी लिएका हौँ”, निर्माण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराईले भन्नुभयोे, “उक्त खण्डको अधिकांश काम सकिएको छ ।” केही ठाउँमा पहिरो पन्छाउने र केही ठाउँमा पानी तर्काउनेबाहेक सबै काम सकिएको भट्टराइले दाबी गर्नुभयो । बागलुङ–बलेवा १० किलोमिटर सडक निर्माणकै चरणमा रहेको सेनाले थप १५ किलोमिटर सडक स्तोन्नतिको जिम्मा पाएको थियो ।

“गुल्मी र बागलुङमा गरेर हामीले २५ किलोमिटर सडक स्तरोन्नतिको जिम्मेवारी पाएको हो”, भट्टराईले भन्नुभयोे, “बागलुङ खण्डको अधिकांश स्थानमा काम सकिएको छ ।” निर्माण कार्यदलमा खटिएका सेनाका अधिकृतका अनुसार सेनाले पछिल्लोपटक पाएको जिम्मेवारीअनुसार आठ किलोमिटर सडकको स्तरोन्नतिको काम सकिएको छ भने बाँकी सात किलोमिटर सडकमा बम विष्फोट गर्नुपर्नेछ ।

पछिल्लो योजनाअनुसार बागलुङ र गुल्मीमा स्तरोन्नतिका लागि सेनाले रु २५ करोड बजेट पाएको छ । जम्मा २५ किलोमिटर सडक स्तरोन्नति गर्ने गरी पाएको बजेटअनुसार नै काम भइरहेको प्रमुख सेनानी भट्टराईले बताउनुभयो ।

करिडोरको बागलुङ खण्डको बुधबार बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले अनुगमन गर्नुभएको छ । मालढुङ्गादेखि अर्जेवाको सुम्समासम्मको अनुगमन गर्नुभएका पाठकले नेपाली सेनाले गरीरहेको स्तरोन्नतिको कामको प्रशंसा गर्नुभयोे । “यही गतिमा चल्ने हो भने आगामी आर्थिक वर्षसम्म स्तरोन्नतिको काम सकिन्छ”, पाठकले भन्नुभयोे, “बजेटको कमी हुँदैन तर काम कति हुन्छ भनेर अनुगमन भइरहेको छ ।”

सेनाले निर्माण गरेको सडक फराकिलो बनेको र बाँकी रहेका केही स्थानमा पनि थप मेहनत आवश्यक रहेको पाठकले बताउनुभयो ।