१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

अघि बढ्यो मेलम्ची

अघि बढ्यो मेलम्ची
अ अ+ अ-

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको कामले गति लिएको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको मेलम्ची खानेपानीको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको हो ।

अहिले आयोजना स्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँ गरी झण्डै १०० कामदार कार्यरत छन् । अरु १०० कामदार आगामी सातासम्ममा थप गरी पूर्णरुपमा काम अघि बढाउने कम्पनीको योजना छ । सिएमसीले निर्माण गरिसकेका संरचनाहरुको अन्तिम काम ९फिनिसिङ० गर्न शुरु गरिएको हो । अहिले सुरुङको सबलीकरण र बाँकी सुरुङभित्रै ८०० मिटर क्षेत्रमा कङ्क्रिट ढलानको काम अघि बढिरहेको छ ।

राष्ट्रिय गौरवको योजनामा पर्ने सो आयोजनाको बाँकी भनिएको पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने एक सम्झौतामा सरकारले दुई महिना अघि चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनामा अहिले नयाँ ठेकेदार कम्पनीले नयाँ उत्साहका साथ काम थालेकाले ती काम छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्दै आउनुभएको छ । आयोजनामा कामको प्रगति बुझ्न बुधबार यहाँ आइपुग्नु हुँदा मन्त्री मगरले चिनियाँ कम्पनी सिनो हाइड्रो उत्साहका साथ पूर्वाधारको तयारीमा जुटिरहेको बताउनुभयो । काठमाडौँका जनताले भोग्दैआएको खानेपानीको अभाव पूरा गर्ने यो आयोजनाको निर्माणमा धेरै समय लागिसकेकाले अब थप लम्बाउन नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

स्थलगत अवलोकन पछि मन्त्रालयका सचिव माधव बेल्वासेले सुरुङको काम सम्पन्न भइसकेकाले बाँकी काम समयमै सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार सुरुङ लामै भए पनि प्राविधिक दृष्टिकोणबाट त्यो संरचना त्यति भने जटिल छैन । उहाँले भन्नुभयो – “समयमै सम्पन्न हुनेमा विश्वास गर्ने प्रशस्त आधारहरु छन् ।”
कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन शून्य दशमलव १५ प्रतिशतले लाभांश दिने गरी सम्झौता भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । योजना मुताबिक काम अघि बढे वर्षा अघि नै नदीमा बाँध बाँध्ने काम सम्पन्न हुनेछ ।

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष कोपिला पण्डितले सङ्घीय सरकारले मेलम्चीसम्म मात्रै नभएर हेलम्बुसम्मैको सडक स्तरोन्नति गर्नुपर्ने बताउनुभयो । हेलम्बुलाई मेलम्ची प्रभावितमा ‘क’ मा राख्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो – “काठमाडौँवासीले पानी पाउनुपर्छ भन्नेमा हामी सकारात्मक छौँ तर, हामीलाई पनि असर पर्नु हुँदैन ।”
आयोजनाका जम्माजम्मी कामलाई तीन भागमा विभाजन गरिएको छ – हेडवर्क, सुरुङमार्ग र प्रशोधन केन्द्रको निर्माण । यसमध्ये हेडवर्क र सुरुङमार्गको काम सिनो हाइड्रोले गर्ने भएको छ । प्रशोधन केन्द्र निर्माण दुई कम्पनीले गरिरहेका छन् ।

आयोजना निर्माणका क्रममा पहिले धेरै अवरोध भए पनि अहिले अवरोध कम भएकाले तोकिएको अवधिभित्रै काम सकिने वरिष्ठ डिभिजनल इञ्जिनीयर पन्तले बताउनुभयो । सिएमसीले काम छाडेर गए पनि उसले सहायक ठेकेदारलाई रकम दिन बाँकी छ र यो समस्या समाधानका लागि मन्त्रालयमा कार्यरत सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ । उहाँका अनुसार हेर्डवर्कमा भौतिक अवरोध कमै मात्र रहेको छ । पहिले गिट्टी, बालुवा आपूर्ति, रुख कटान, चट्टान विस्फोटन जस्ता धेरै अवरोध थिए । उहाँले भन्नुभयो – “अहिले काम नै अवरुद्ध हुने गरी समस्या आएको छैन ।”

यहाँ रहेका खानेपानी प्रशोधन केन्द्र निर्माणको काम झण्डै अन्तिम चरणमा पुगेको प्रवक्ता पन्तले बताउनुभयो । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा दुई वटा ट्याङ्की राखिने छन् । एउटाको निर्माण सम्पन्न भइसकेको छ भने अर्को ट्याङ्कीको निर्माण केही समयमै सम्पन्न हुने बताइएको छ । प्रत्येकको क्षमता साढे आठ करोड लिटर रहेको छ । एउटाको जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) र अर्को एशियाली विकास बैङ्क (एडिबी)को आर्थिक सहयोगमा निर्माण भएको हो । एडिबीको सहयोगमा निर्माणाधीन ट्याङ्कीको काम ९० प्रतिशत पूरा भएको र निर्माण अन्तिम चरणमा पुगेको बताइन्छ । यसको ठेक्का सम्झौताको अवधि गत महिना सकिएको थियो । सोही ठेकेदार कम्पनीलाई नै सिएमसीले छाडेर गएका कतिपय निर्माणका काम गर्न दिइएकाले तीन महिना अवधि थपिएको छ । उहाँले भन्नुभयो – “अबको दुई–तीन महिनामा सबै काम सक्ने देखिएको छ ।”

मेलम्ची नदीमा बाँध बाँध्ने काम र स्टिलको पुल बनाउने काम बाँकी छन् । विद्युतीय प्रणालीबाटै विभिन्न ढोकाहरु खोल्ने र लगाउने गरी निर्माण भइरहेका छन् । ढोकाको डिजाइन, निर्माण र जडानका काम झण्डै पाँच प्रतिशत मात्रै बाँकी रहेको छ । टनेलमा भुईँ ढलानको काम दुई दशमलव पाँच किलोमिटर र भित्ता ढलान दुई दशमलव पाँच किलोमिटर बाँकी छ । टनेलभित्र हावा प्रवाह नहुँदा पानी नबग्ने भएकाले तीन वटा ‘भेन्टिलेटर’ निर्माण गर्ने डिजाइनमा रहेको बताइएको छ । तीनमध्ये दुई वटा सम्पन्न भइसकेको र एउटा सम्पन्न हुन बाँकी छ । खेर जाने पानीलाई बागमतीमा खसाल्न बागमतीमा भ¥याङ जस्तै संरचना बनाइने पन्तले जानकारी दिनुभयो । एकै पटक छाड्दा खोलाको पानी धमिलिने हुँदा बहाव कम गर्न भर्याङ जस्तै संरचना निर्माण गर्न लागिएको हो ।

आयोजनाको मुख्य सुरुङ खन्ने काम सकिएको छ । आयोजनाका लागि आवश्यक भौतिक पूर्वाधारका लागि झण्डै ७० किलोमिटर सडक मर्मत सम्भार र स्तरोन्नतिको काम सकिएको छ । सुरुङ माथिबाट ढुङ्गा माटो खसेर यहाँका संरचनालाई क्षति नपुगोस् भनी बनाइएको २७ दशमलव ५ किलोमिटर प्रारम्भिक ‘सपोर्ट’ को काम सकिएको छ । झण्डै एक लाख घनमिटर कमजोर चट्टान झिकेर त्यस ठाउँमा कङ्क्रिट राख्ने काम पनि सकिएको छ । सुरुङदेखि प्रशोधन केन्द्रसम्म आपूर्ति पाइप जडान भइसकेको छ । भुईँमा अन्तिम ढलानको काम झण्डै २५ दशमलव तीन प्रतिशत मात्रै बाँकी छ ।

लामो समयसम्म पनि सम्पन्न नभएको राष्ट्रिय गौरवका आधा योजनामध्ये यो एक हो । काठमाडौँ उपत्यकामा रहेको खानेपानीको समस्या हल गर्न मेलम्चीको पानी काठमाडौँ ल्याउन संस्थागत पहल शुरु भएको दुई दशक भयो । यसबीचमा विभिन्न संस्थाहरु यो आयोजनासँग जोडिए । विसं २०५६ मा मेलम्ची खानेपानी विकास समिति नै गठन गरिएको थियो । आयोजना निर्माणका लागि एडिबीले सन् २००१ मा सम्झौता गरेको थियो । पछिल्लो पटक काम गरेको इटालियाली कम्पनी सिएमसी फिर्ता भएको झण्डै पाँच महीनापछि अहिले नयाँ कम्पनीले बाँकी निर्माणका काम शुरु गरेको छ । विना अवरोध योजना मुताबिक निर्माण कार्य अघि बढे अबको १४ महीनामा आयोजना सम्पन्न हुने ठानिएको छ ।