१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

सहुलियतपूर्ण कर्जा सहज बनाउन कार्यविधि संशोधन

सहुलियतपूर्ण कर्जा सहज बनाउन कार्यविधि संशोधन
अ अ+ अ-

काठमाडौँ । सहुलियतपूर्ण कर्जा पाउन कठिनाइ भएको भन्दै कार्यविधि संशोधन गर्न लागिएको छ ।

राष्ट्रिय युवा परिषद्ले युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ विनाधितो ल्याइएको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७५ अनुसार युवालाई कर्जा पाउन कठिनाइ भएकाले संशोधन गर्न थालेको हो ।

परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले कार्यविधिका कतिपय प्रावधानले युवालाई बैंकबाट कर्जा पाउन सहज बनाउन संशोधन गर्न थालिएको जानकारी गराउनुभयो । युवालाई स्वरोजगार बनाउन सरकारले सात प्रकारका कर्जा प्रवाहमा कृषि, पशुपक्षी मात्र समेटिएकाले नयाँ संशोधन गरिएको प्रस्तावमा पर्यटन क्षेत्रमा समेत कर्जा प्रवाह गर्न सकिने उल्लेख गरिएको छ ।

उपाध्यक्ष ढुङ्गेलले पर्यटन व्यवसायले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने भएकाले पर्यटनमा पनि कर्जा प्रवाह गर्न प्रस्ताव गरिएको बताउनुभयो । परिषद्ले अर्थमन्त्रालयमा संशोधनको लागि प्रस्ताव पठाएको छ ।

संशोधनका लागि पठाइएको प्रस्तावमा विद्यार्थीले शैक्षिक प्रमाणपत्रका आधारमा कर्जा लिँदा सक्कल प्रमाणपत्र नराख्नुपर्ने व्यवस्था गरिएको छ । संशोधन प्रस्तावमा “उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निवेदनको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि धितोस्वरुप राखिनेछ ।”

यसैगरी संशोधनका लागि पठाइएको प्रस्तावमा शैक्षिक प्रमाणपत्रका आधारमा परिषद्बाट पनि उद्यमशीलता तथा वित्तीय साक्षरतासम्बन्धी सात दिनको तालीम लिएर कर्जा पाउनसक्ने व्यवस्था रहेको छ ।

यसअघि घरेलु तथा साना उद्योग कार्यालय, सीप विकास तालीम केन्द्र र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट मात्र तालीम लिएको हुनुपर्ने रहेको थियो । संशोधन गरिएको प्रस्तावमा वैदेशिक रोजगारबाट फर्किएका युवालाई तीन वर्ष नबितेको हुनुपर्ने व्यवस्था खारेज गरिएको छ ।

यसैगरी विदेशबाट फर्किएका युवालाई सम्बन्धित देशमा कम्तीमा छ महिना तालीम÷काम गरेको कागजातसमेत आवश्यक नपर्ने गरी संशोधनको प्रस्ताव लगिएको छ । यसअघि कर्जाका लागि काम गरेको कागजात पेश गर्नुपर्ने व्यवस्था रहेको थियो ।

यस्तै कार्यविधिमा यसअघि भूकम्पपीडितको निजी आवास निर्माण कर्जा रु तीन लाख दिने भनेकामा रु पाँच लाखसम्म दिने प्रस्ताव गरिएको छ । यसैगरी संशोधन गरिएको प्रस्तावमा अब बैंकले १० प्रतिशतभन्दा माथि व्याजदर लिन नपाउने व्यवस्था गरिएको छ ।

यसअघि बैंकको प्रचलित दरमा दुई प्रतिशत बढाउन पाउने व्यवस्था भए पनि अब १० प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने गरी नयाँ प्रस्ताव लगिएको परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले जानकारी दिनुभयो ।

सरकारले २०७५ भदौ २१ गते कार्यविधि स्वीकृत गर्दै युवालाई स्वदेशमा नै स्वरोजगार बनाउनका लागि व्यावासयिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च तथा प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा भनेर सात प्रकारका विनाधितो कर्जा प्रवाह गर्ने निर्णय गरेको थियो ।

उक्त सात प्रकारका परियोजना सञ्चालन गर्दा रु पाँच लाखदेखि पाँच करोडसम्म विनाधितो ७ देखि १० प्रतिशत व्याजदरमा युवाले कर्जा पाउनेछन् । अहिलेसम्म सहुलियतपूर्ण कर्जा करीब १८ हजार ९०० युवामा प्रदान गरिएको परिषद्का सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

“कर्जा प्रवाहको सङ्ख्या हेर्दा हामी सन्तोषजनक छैनौँ । बैंकले अझै लगानी गर्न आनाकानी गरिरहेका छन्”, उहाँले भन्नुभयो, “राज्यले लाखौँ युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्न कार्यविधि बनाएको हो ।”