१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

अन्धाधुन्द सडक खन्दा दुर्घटना निम्तियो

अन्धाधुन्द सडक खन्दा दुर्घटना निम्तियो
अ अ+ अ-

बेनी । कात्तिक १५ र १७ गते मालिका गाउँपालिकाको रुम र बिममा भएका दुई सवारी दुर्घटनामा छ जनाको ज्यान गयो । सडक दुर्घटनाको मुख्य कारण भने साँघुरो, ग्रेड र घुम्ती नमिलेको सडक, गाडीको क्षमताभन्दा बढी यात्रु, चालकको लापर्वाही र पुराना सवारी साधन रहेको पाइएको छ । मालिका–२ रुममा ध १ ज ५९५ नं को जिप बिलबाङ गाउँ नजीकै दुर्घटना हुँदा त्यसमा सवार करीब २२ वर्षीय सपबहादुर श्रीपाली र ४० वर्षीय चन्द्रबहादुर पुनको घटनास्थलमै ज्यान गएको थियो ।

जिप सडकमै पल्टिएको भए पनि ज्यान गुमाएका दुवै जना जिपको छतमा सवार रहेकाले साँघुरो सडकबाट उनीहरु भिरमा खस्न पुगेका थिए । रुममा जिप दुर्घटना भएको तेस्रो दिनमै मालिका गाउँपालिका–७ बिममा ग १ ख ४४७६ नं को मिनी बाइक्रो बस गलघण्टी भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सवार चार जनाले अकालमै ज्यान गुमाए । सदरमुकाम दरबाङदेखि बिम गाउँतर्फ जाँदै गरेको बस दुर्घटनामा परी ज्यान गुमाउनेमा ७० वर्षीय सतदेवी भट्टचन, ११ वर्षीया आयुसा जुग्जाली र नौ वर्षीया रवी जुग्जाली सहित गुल्मीको कालीगण्डकी गाउँपालिका–२ निवासी ३० वर्षीया विष्णु पाण्डे रहेकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो ।

रुममा दुर्घटनामा परेको जिपमा १७ जना र बिममा दुर्घटनामा परेको बसमा ३३ जना सवार थिए । यी केही त उदाहरण मात्रै हुन् । जिल्लाका ग्रामीण सडक बढी जोखिमपूर्ण बन्दै गएको छ । चालु आर्थिक वर्षको कात्तिक तेस्रो सातासम्म जिल्लामा पाँच वटा सवारी दुर्घटनामा ८ जनाले ज्यान गुमाइसके भने ७१ जना घाइते भएका छन् । हरेक वर्ष जिल्लामा सवारी दुर्घटनाबाट ठूलो मानवीय क्षति हुने गरेको छ । हरेक दुर्घटनाको कारण खोजी र छानविन नहुँदा दुर्घटना न्यूनीकरणमा सरोकारवालाको चासो गएको देखिँदैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार, म्याग्दीमा विगत चार वर्षयता सवारी दुर्घटनामा ३८ जनाले ज्यान गुमाइसकेका छन् । आर्थिक वर्ष २०७२/७३ मा आठ सवारी दुर्घटनामा ११ को मृत्यु र ४५ जना घाइते भए । आव २०७३/७४ मा १४ सवारी दुर्घटनामा छको मृत्यु र ५२ घाइते भए भने आव २०७४/७५ मा १४ सवारी दुर्घटनामा ११ को मृत्यु र ३२ घाइते भए । आव २०७५/७६ मा सात सवारी दुर्घटनामा दुईको मृत्यु र १८ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी जवान बैकुण्ठ पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यस अवधिमा १४ वटा जिप, १२ वटा ट्र्याक्टर, नौ वटा बस र तीन वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । “कच्ची ग्रामीण सडक दुर्घटनाको मुख्य कारण बनेका छन्, चालकको लापरबाही, पुराना सवारी साधनसँगै साँघुरा र ग्रेड नमिलेको सडकका कारण दुर्घटना हुने गरेको पाइएको छ,” पौडेलले भन्नुभयो । जिल्लामा कुल ५७७ किलोमिटर विस्तार भएको सडकमध्ये नगण्य मात्रामा सडक कालोपत्र गरिएको छ । जम्मा साढे सात किलोमिटर सडक मात्रै सवारी चलाउन उत्तम रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको ग्रामीण भेगमा एउटै गाउँमा दर्जनौँ सडकका ट्र्याक निर्माण गर्ने गलत प्रवृत्तिले निरन्तरता पाउँदा सडकहरु स्तरीय बन्न सकेका छैनन् । सडकमा गरिएको लगानी समेत उपलब्धिविहीन बन्ने गरेको छ ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले तीन दिनको अवधिमा भएका दुई दुर्घटनाबाट भएको मानवीय क्षतिले सिङ्गो गाउँपालिकालाई दुःखित तुल्याएको बताउनुभयो । सवारी दुर्घटना सामान्य हेलचक्र्याइँको कारण पनि हुने भएकाले सार्वजनिक यातायातमा निगरानी बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो । मालिका गाउँपालिकाले ग्रामीण सडकलाई स्तरीय बनाउन प्राथमिकता दिएर बजेट विनियोजन गरेको र कम्तीमा ६ मिटर फराकिलो बनाउने गरी सडकको स्तरोन्नति गर्ने काम थालिएको अध्यक्ष रोकाले जानकारी दिनुभयो ।

म्याग्दी जिल्लाका अधिकाँश गाउँ बस्ती सडक सञ्जालमा जोडिइसक्दा समेत जिल्लाभरको सडक कच्ची छ । सदरमुकाम बेनी, गलेश्वर, रत्नेचौरको बजार क्षेत्र कालोपत्र भए पनि जिल्लाभरको सबै सडक कच्ची नै छ । जिल्लामा दुर्घटना बढ्नुको प्रमुख कारण जीर्ण र कच्ची सडक नै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विष्णु बहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार अधिकाँश सडक कच्ची, खाल्टाखुल्टी र साँघुरो भएको तथा सवारी साधनसमेत जीर्ण भएका कारण दुर्घटनाको जोखिम थप बढेको हो ।

जिल्लाको ग्रामीण भेगमा पर्याप्त सार्वजनिक सवारी साधन नभएका कारण पनि एउटै सवारी साधनमा कोचिएर यात्रा गर्नुपर्ने र क्षमता भन्दा बढी यात्रु राख्ने गर्दा दुर्घटनाको शृङ्खला बढ्दो देखिएको प्रहरीको भनाइ छ । कच्ची सडककै कारण सवारी साधनहरुसमेत छिट्टै जीर्ण हुन्छ । दुर्घटना न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रमसहित सदरमुकाम बेनी, सिंगा तातोपानी, दरबाङ, भुरुङ तातोपानीमा सवारी जाँच केन्द्र राखिएका छन् । सवारी साधनको चाप अनुसार जनशक्ति व्यवस्थापन नहुँदा सवारी जाँच प्रभावकारी बन्न सकेको छैन । सार्वजनिक यातयातको प्रयोग गर्दा यात्रुसमेत हतार नगरी सुरक्षित हुने गरी यात्रा गर्नेतर्फ ध्यान दिन प्रहरीले अनुरोध गरेको छ ।

म्याग्दीका केही वडा बाहेक अधिकाँश गाउँबस्तीमा सडक सञ्जालको पहूँच पुगेको छ तर, ती सबै सडकको अवस्था जीर्ण छ । सडकको ट्याक निर्माण गरिए पनि सडकको अवस्था भने अत्यन्तै जीर्ण अवस्थामा छन् । अधिकाँश ग्रामीण सडक प्राविधिक रुपमा नापजाँच नगरी डोजर चालक र उपभोक्ता समितिका पदाधिकारीको भरमा मात्रै विस्तार गरिएका छन् । सडक सुरक्षित बनाउन सडकको स्तरोन्नति गरिनुर्ने र चालकहरु दक्ष हुनपर्ने जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो ।

अहिले जिल्लामा रहेका छ वटै स्थानीय तहले सडकलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन् । हरेक वर्ष सडकमा विनियोजन भएको बजेट योजनाबद्ध तवरले परिचालन नहुँदा सडक मर्मतको नाममा डोजर घुमाउने र असारे भलबाढीसँगै करोडौँ बजेट बगेर जाने गरेको छ । एउटै गाउँमा जाने सडक पनि एकभन्दा बढी खन्ने प्रवृत्तिले विस्तार भएका सडकको स्तरोन्नतिमा बाधा उत्पन्न गराएको छ ।