१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलम प्रकरणले लियो नयाँ मोड, ईटाभट्टामा पोलेको मान्छे….



अ+ अ-

काठमाडौं । १२ वर्षअघि बम बिष्फोट गराएर मान्छे मारेका आरोप लागेका कांग्रेका सांसद मोहम्मद अफताब आलम प्रकरणमा नयाँ ट्विस्ट आएको छ । १२ वर्षअघि बम बिष्फोटमा मृतक भनिएका ओसी अख्तर नमारिएको बरू वैदेशिक रोजगारमा गएर नफर्केको भन्दै उनकी पत्नी अमना खातुन निवेदन दिन अदालत पुगेकी छन्।

सरकारी वकिल कार्यालयले ओसी अख्तर र त्रिलोक सिंह बम बिष्फोटमा घाइते भएपछि जिउँदै इँटाभट्टामा हालेको अनुसन्धानबाट देखिएको भन्दै आलमविरूद्ध गत साता मुद्दा दायर गरेको थियो।

रौतहट अदालत स्रोतका अनुसार आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटीमा छोड्ने वा तारेखमा छोड्ने भन्नेबारे बहस हुँदै गर्दा मृतक भनिएका मध्ये ओसी अख्तर जिउँदै रहेको निवेदन परेको छ।

जिल्ला न्यायाधीश दीपक दाहालको इजलासमा आलमको मुद्दामा थुनछेक बहस हुँदै छ। बहस गर्न रौतहट पुगेका सहन्यायाधीवक्ता सूर्यदाहालले पनि त्यस्तो निवेदन इजलासमा दिन एक मानिस आएको पुष्टि गरे। तर रौतहट प्रहरी कार्यालयले भने साक्षी सुरक्षामा सचेत रहेको जनाएको छ।