१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मी संघमा ओमको सम्भावना बढी



अ+ अ-

नेपाल स्वास्थकर्मी संघको हुन लागेको महाधिवेशनमा विभिन्न प्रत्यासी उमेदवारहरु देखा परेका छन् । स्वास्थकर्मी संघको चुनावी अवसरमा यस्ता गतिविधि हुनु स्वाभाविकै भएता पनि स्वास्थ क्षेत्रमा अहम योगदान गर्नेको नेतृत्व हुनु पर्नेमा सबै मतदाता सचेत छन् ।

त्यसै कारण समेत नेपाल स्वास्थकर्मी संघको आगामी नेतृत्वका लागी दुल्लु दैलेखमा जन्मीएर हाल नेपालगञ्ज स्थाई बसोवास गर्ने ओम प्रसाद उपाध्यायको अतुलनीय योगदान भएकै कारण मतदाता र स्वास्थकर्मी विच अत्यन्तै चिरपरिचित हुनुहुन्छ । उहाँको अतुलनीय योगदानकै कारण स्वास्थक्षेत्र र स्वास्थकर्मीको हकहितका कामहरु अगाडि बढिरहेका छन् ।
उपाध्यायको आसन्न जितले यसक्षेत्र अझै संमृद्ध बन्ने पनि सुनिश्चित नै छ । त्यसै कारण पनि ओम उपाध्यायको जित सुनिश्चित जस्तै भएको मिडियाकर्मीहरु माझ ठहर भएको हो । मिडियाको मिहिन मत सर्वेक्षणले पनि ॐ उपाध्यायको तर्फ ईङ्गित गरिरहेकै कारण मतदाताको भोट अन्यत्र खेर नजानेमा सबैक्षेत्र ढुक्क भएका कारण प्रभावशाली उमेदवार ओम प्रसाद उपाध्यायको जीत सुनिश्चित भएको हो ।